बैदेशिक यात्रा र विश्वका उत्पादित वस्तुहरू वसन्त चाडको उपभोक्तामा नयाँ आकर्षण
2024-02-09 09:44:05CRI
Share with:

वसन्त चाड चिनियाँहरूको सबैभन्दा भव्य परम्परागत चाड हो। वर्षभरि सबैभन्दा बढी उपभोक्ता हुने अवधि पनि हो। चिनियाँ ड्र्यागन वर्ष नजिकिँदै आउँदा, उपभोक्ता बजार निकै तातेको देखिन्छ। ती मध्ये, बैदेशिक यात्रा र विश्वका उत्पादित वस्तुहरू वसन्त चाड खपतको नयाँ आकर्षण बनेका छन्।

बैदेशिक यात्रा गत ५ वर्षमा सबैभन्दा लोकप्रिय हुने अपेक्षा

चीनको भिसा-मुक्त मित्रहरूको संख्याको निरन्तर विस्तार र अन्तर्राष्ट्रिय उडानहरूको पुन: आरम्भ तथा अध्ययनका साथ, यात्रा गर्ने चिनियाँहरूको इच्छा दन्केको आगो जस्तै भइरहेको छ। यसै क्रमममा बैदेशिक यात्रा सम्बन्धित विषयहरू पनि लोकप्रिय बन्दै गइरहेका छन्। बैदेशिक यात्रा रूटको सर्च तथा बुकिङमा उल्लेखनीय बृद्धि देखा परेको छ।

यस वर्षको परम्परागत नयाँ वर्ष नै संयुक्त राष्ट्र संघको बिदाको रूपमा निश्चित भएपछिको पहिलो चिनियाँ परम्परागत नयाँ वर्ष हो। प्राप्त तथ्याङ्क अनुसार, विश्वव्यापी पर्यटन खपतलाई बढाउन यसले प्रभावकारी भूमिका खेलेको देखिन्छ।

हवाई यात्रा एप्समा प्राप्त तथ्याङ्क अनुसार, गत महिनाको सुरुदेखि नै बैदेशिक यात्रा गर्ने चिनियाँ यात्रुहरूको कुल संख्या २५ लाख नाघेको छ जुन अघिल्लो महिनासँगको तुलनामा १७ प्रतिशतले बढी हो। टप १० लोकप्रिय अन्तर्राष्ट्रिय मार्गहरूमध्येका ८ शाङहाईसँग सम्बन्धित छन् र अन्य २ पैचिङ र छिङताउ हुन्।

बेल्ट एण्ड रोड अवधारणा सम्बद्ध मुलुक जानेआउने उडान बढेसँगै यी गन्तव्य मुलुकहरू जाने यात्रीको बुकिङ पनि बढेको छ। बैदेशिक यात्रा गन्तव्यहरूबाट हेर्दा, एशियाली देशहरू र क्षेत्रहरू "मुख्यधारा" बनेका छन्। अस्ट्रेलिया बाहेक, चिनियाँ पर्यटकहरूले मुख्यतया थाइल्याण्ड, जापान र दक्षिण कोरिया जस्ता एसियाली मुलुकहरूलाई रोजेका छन्। यसबाहेक, मध्य पूर्व र अफ्रिका पनि चिनियाँ पर्यटकहरूले बढी छनौट गरेका गन्तव्यहरू हुन्। युरोप जानेआउने उडान वृद्धि भएकाले युरोपमा गहन भ्रमणको बुकिङको संख्या पनि बढाइएको छ।

 

"विश्वका उत्पादित वस्तुहरू"ले नयाँ वर्षको सामानहरूको सूचीलाई समृद्ध

परम्परागत "चुरोट, रक्सी, मिठाई र चिया" सँगको दाँजोमा, सीमापार रसद र क्रस-बोर्डर ई-कर्मसको विकासको प्रभावमा, यस वर्ष चिनियाँ नयाँ वर्षको सामानको संरचनामा "विदेशी उत्पादित वस्तु" को अनुपात बढेको छ। सान्दर्भिक तथ्याङ्क वमोजिम, यस वर्षको जनवरीमा, पैचिङ क्यापिटल विमानस्थलबाट आयात भएका सामानको मूल्य १७ करोड चिनियाँ युआन बराबर छ जसको तौल १३९८.८ टन रहेको छ। जुन गत महिनासँगको तुलनामा २७.१ प्रतिशतले वृद्धि भएको हो। चिनियाँ बजारमा आयातित फलफूल, खाजा र कस्मेटिक्सको बिक्रीमा पनि उल्लेख्य वृद्धि भएको छ। रूसी किङ केकडा, बोस्टन लोबस्टर, दक्षिण अमेरिकी सेतो झिँगा र साल्मन जस्ता समुद्री सामान लोकप्रिय बनेका छन्। साथै चिलीका चेरी, दक्षिण अफ्रिकी नाशपाती, पेरुका रातो अंगूर र थाई हरियो अंगुर जस्ता आयातित फलहरूको बिक्री पनि राम्रा भएको देखिन्छ। चिनियाँ उपभोक्ताहरू केही "विश्वका उत्पादित वस्तुहरू" किनेर यो चिनियाँ नयाँ वर्षको अवधिमा एक वर्षको कडा परिश्रम गरेका आफू र आफ्नो परिवारलाई उपचार स्वरूप दिन खोजेका छन्।

यसबारे चर्चा गर्दै चिनियाँ वाणिज्य मन्त्रालयको अनुसन्धान संस्थानअन्तर्गत सर्कुलेसन तथा उपभोग रिसर्च इन्स्टिच्युटका निर्देशक तोङ छाउले ब्याख्या गर्नुभयोः आयातित नयाँ वर्षका सामानहरूको लोकप्रियता बितेका वर्षहरूमा चीनको आयात मागको क्रमिक विस्तार भएको सानो रूप हो। आयातित राम्रा उत्पादित वस्तुहरू क्रमशः चिनियाँको दैनिक जीवनमा समाहित भएका छन्। विश्वव्यापी विशेषतायुक्त ताजा सामानहरूको प्रचुर आपूर्ति र सस्तो बनेको कारण अन्तर्राष्ट्रिय मार्ग ढुवानी क्षमताको पुनर्स्थापना, आयात कर दरहरूको घटावा र कृषिमा बढ्दो घनिष्ठ अन्तर्राष्ट्रिय सहयोग जस्ता धेरै कारक तत्वहरूद्वारा समर्थित छन्। चिनियाँ बासिन्दाहरूको तरकारी टोकरीको प्रकारहरू यथेष्ठ बन्दै चीनको घरेलु खपतको विविध आवश्यकताहरू पूरा गराइएको छ।

चिनियाँ पर्यटकहरू एकपछि अर्को गरी विदेश भ्रमणमा गएको हाराहारीमा विश्वका विभिन्न देशमा "चिनियाँ नयाँ वर्षको महसूस" थपिँदै भएको छ। यसका साथै, विश्वका विभिन्न ठाँउबाट आयात भएका सामानहरू साधारण चिनियाँको घरमा प्रवेश भएका छन्। जसले विश्व व्यापार र आर्थिक विकासको समृद्धिलाई मात्र बढाएको नभई विभिन्न सभ्यताहरू बीचको आदानप्रदान र पारस्परिक शिक्षालाई पनि बढाएको पाइन्छ। "विभिन्न सौन्दर्य मिलाएर साझा सौन्दर्यलाई साकार तुल्याउनु" वास्तवमा अनगिन्ती चिनियाँहरूको सोचाई र चाहना हो।