चिनियाँ वसन्त चाडका अवसरमा नेपालमा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
2024-02-09 18:38:46cri
Share with:

चिनियाँ वसन्त चाडका अवसरमा काठमाडौँमा नेपाल र चीनबीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। शनिबार हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा पनि भइसकेको छ। चिनियाँ प्रशान्तिय युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू-२३ युवा टोली घोषणा भएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले फेब्रुअरी ९ तारिख शुक्रबार चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको अनलाइन खबरले लेखेको छ।

चिनियाँ नयाँ वर्षको अवसरमा उक्त मैत्रीपूर्ण फुटबल फेब्रुअरी १० तारिख शनिबार हुन लागेको हो। नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो। चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको खेलको सहआयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेको छ।

नेपाली सिनियर टिमका मुख्य प्रशिक्षक चिनसेन्जो अल्बर्टो एनेसले नै युवा टोलीको प्रशिक्षकको भूमिकामा हुनुहुन्छ। नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, आशिक बाबु, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन हुनुहुन्छ।

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्ने चिनियाँ यान्सुको प्रान्तीय टिम बिहीबार नेपाल आइपुगेको छ। मैत्रीपूर्ण खेल २७ माघ अर्थात् फेब्रुअरी १० तारिख शनिबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ। उक्त खेलका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० टिकट दर तोकिएको छ।