“वसन्त चाड गाला”द्वारा विश्वका दर्शकहरूसँग लुङ वर्षको स्वागत
2024-02-09 23:23:50CRI
Share with:

फेब्रुअरी ९ तारिख परम्परागत चिनियाँ पात्रो अनुसार नयाँ वर्ष आउनुअघिको अन्तिम दिन अर्थात् छुसी हो। पैचिङ समयअनुसार राति आठ बेज चाइना मिडिया ग्रुपले रचना गर्ने वसन्त चाड गाला निर्धारित समयमा विश्वका दर्शकहरूसँग प्रस्तुत हुँदैछ।

लुङ वर्षको “वसन्त चाड”को मुख्य मञ्च पैचिङमा छ। ल्याउ निङ प्रान्तको शनयाङ, हु नान प्रान्तको छाङशा, पल्लो शानसी प्रान्तको सीआन र सिन्च्याङ युगुर स्वायत्त प्रदेशको खाशमा शाखा मञ्चहरू राखिएका छन्। वसन्त चाड लगातार ४१ वर्षसम्म आयोजना गरिएको छ। वसन्त चाड गालमा गीत, नृत्य, क्रस टक, कमेडी, ओपेरा, ऊशु, म्याजिक शो, एक्रोबेटिक्स, सङ्गीतमय, माइक्रो फिल्मलगायतको विभिन्न किसिमको कार्यक्रम समावेश छन्। वसन्त चाड गालाले विश्वका दर्शकहरुलाई रमाइलो “साँस्कृतिक भोज” उपलब्ध गराएको छ। चालु वर्षको “वसन्त चाड गाला”ले “जनताको वसन्त चाड गाला”को सिद्धान्त पालना गरेको छ। सामान्य व्यक्तिहरू मञ्चमा रहेका नायक बनेका छन्।

फेब्रुअरी ९ तारिख राति चाइना मिडिया ग्रुपले विश्वका २०० वटा तथा क्षेत्रका २१०० वटा सञ्चार-माध्यमसँग सहयोग गरी “वसन्त चाड गाला”को प्रत्यक्ष प्रसारण गर्ने जनाइएको छ। विश्वका छ वटा महादेशका ४९ वटा मुलुक, ९० वटा शहरको सार्वजनिक क्षेत्रका ३००० वटा पर्दाले चाइना मिडिया ग्रुपका वसन्त चाडको प्रत्यक्ष प्रसारण गर्नेछन्। विश्वका दर्शकहरूले चीनको वसन्त चाड र चिनियाँ राष्ट्रको विशेष आकर्षण बाँड्ने र नयाँ वर्षको स्वागत गर्ने छन्।