वसन्त चाड गालाले विश्मा चीन बुझ्न सहज भएको एकजना वरिष्ठ नेपाली पत्रकारको अनुभव
2024-02-10 17:11:42cri
Share with:


 परम्परागत चिनियाँ नयाँ वर्षमा प्रस्तुत वसन्त चाड गालाले विश्वमा चिनियाँ सँस्कृतिको प्रवर्द्धन गरेको एकजना नेपाली वरिष्ठ पत्रकारले बताउनु भएको छ। नेपाल चीन मिडिया फोरमका अध्यक्ष तथा जनआस्था साप्ताहिक पत्रिकाका सम्पादक किशोर श्रेष्ठले उक्त धारणा राख्नु भएको हो। किशोर श्रेष्ठ नेपालको प्रेसकाउन्सिलका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ।

सीएमजी नेपाली सेवासँग सङ्क्षिप्त कुरा गर्दै श्रेष्ठले भन्नुभयो ‘वसन्त चाड गालाले चिनियाँ सँस्कृतिलाई विश्वका दर्शकसम्म पुर्याएको छ। मैले टेलिभिजन प्रत्यक्ष रुपमा वसन्त चाड गाला हेर्दा चीनको इतिहासदेखि वर्तमानसम्मको जानकारी लिने मौका पाएँ।’

वसन्त चाड गालाले चिनियाँ सँस्कृति, चिनियाँ समाज, चालचलन, रीतिरिवाज, आर्थिक विकासदेखि वर्तमान चिनियाँ पुस्ताको रोजाइलाई पनि गहन रुपमा प्रस्तुत गरेको पाउँदा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो। एउटै पर्दामा अत्याधुनिक प्रविधि मिसाएर गरिएको प्रस्तुति, पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारको अभिनय, चीनकै विभिन्न सहरबाट गरिएको प्रत्यक्ष प्रसारणको मिश्रण अनि आधुनिक चीनको विकासलाई गालाले सुन्दर ढङ्गले प्रस्तुत गरेको देख्दा आश्चर्य लागेको बताउँदै किशोर श्रेष्ठले भन्नुभयो ‘वसन्त चाड गाला विश्वमा सबैभन्दा धेरै दर्शकले हेर्ने टेलिभिजन साँस्कृतिक कार्यक्रम हो। नेपालमा पनि यो वर्षदेखि वसन्त चाडका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ। यस्ता कार्यक्रमले विश्वलाई चीन बुझ्न सहज हुन्छ।’

शनिबार नेपाल र चीनबीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना हुँदैछ। सो फुटबल प्रतियोगिता हेर्नका लागि रङ्गशाला पुग्नु भएका श्रेष्ठले टेलिफोनमा सीएमजीसँग सङ्क्षिप्त कुराकानी गर्नु भएको हो।