सी चिनफिङ र फङ लीयुआनद्वारा अमेरिका लिङ्कन मध्य विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई नयाँ वर्षको शुभकामना कार्डको प्रत्त्युउत्तर
2024-02-11 16:43:27cri
Share with:

फेब्रुअरी ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआनले अमेरिकाको लिंकन मध्य विद्यालयका शिक्षक र विद्यार्थीहरूलाई नयाँ वर्षको शुभकामना कार्डको प्रत्त्युउत्तर पठाउनुभएको छ।

 सी चिनफिङ र फङ लीयुआनले चिनियाँ ड्र्यागन वर्षको शुभकामना ज्ञापन गर्नुका साथै “पाँच वर्षमा पचास हजार अमेरिकी युवा चीनमा आदान-प्रदान” लगायत कार्यक्रममा चीनको बढी अवलोकन गरी चीन-अमेरिका जनताबीचको मित्रतालाई बढाउन शिक्षक र विद्यार्थीहरूलाई स्वागत गर्ने उल्लेख गर्नु भएको छ।

 यसअघि अमेरिकाको वाशिन्टन राज्यको लिंकन मध्य विद्यालयका शिक्षक र विद्यार्थीहरूले राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआन लगायत समस्त चीनका जनतालाई नव वर्षको शुभकामना कार्ड पठाएर चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गरेका थिए। १०० भन्दा बढी शिक्षक र विद्यार्थीले उक्त कार्डमा नामसहित हस्ताक्षर गरेका छन्।