सन् २०२४ विश्व सरकारहरूको शिखर सम्मेलन दुबईमा शुरू
2024-02-12 16:15:10CRI
Share with:

स्थानीय समय अनुसार फेब्रुअरी १२ तारिख सन् २०२४ विश्व सरकारहरूको शिखर सम्मेलन दुबईमा शुरू भएको छ। यस पटकको शिखर सम्मेलन तीन दिन चल्नेछ र फेब्रुअरी १४ तारिख सम्पन्न हुने छ। 

यस पटकको शिखर सम्मेलनको मुख्य विषयवस्तु “भावी सरकारको सिर्जना” भन्ने रहेको छ। शिखर सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय सहकार्य बढाउनु, विभिन्न मुलुकको सरकारका लागि जरुरी विश्वव्यापी चुनौतीको सामना गर्ने प्रस्ताव उपलब्ध गराउनु हो। 

यसबाहेक, शिखर सम्मेलनको बेलामा गाजा क्षेत्रको परिस्थिति, रुस र युक्रेनको भिडन्त, विभिन्न मुलुकको निर्वाचन, विश्वको आर्थिक पुनरुत्थान, ऊर्जा स्रोत, जलवायु परिवर्तनआदि अन्तर्राष्ट्रिय ताप विषयहरूबारे छलफल गरिने छ।