पाकिस्तानकी युवती मिङ युएको चीन बसाइको कथा-२
2024-02-12 15:43:42CRI
Share with:

चालु वर्षको ग्रीष्मकालीन विदामा चीनका विभिन्न ठाउँका प्रचलन तथा रीतिरिवाजको अनुभव गर्नका लागि मिङ युएले आठ दिनसम्म विभिन्न सवारी साधनमार्फत छोङ छिङदेखि सिन च्याङको काशगरसम्म घुमेकी थिइन्। यात्रामा देखेको कुराबाट उनले “ठूलो क्षेत्रफल तथा प्रशस्त स्रोत भएको चीन”को अनुभव गरेकी छिन्।

मलाई घुम्न निकै मन पर्छ। त्यसैले यस वर्षको ग्रीष्मकालीन विदाको अवधिमा पाकिस्तान फर्किँदा मैले विमानको सट्टामा गाडीमा जाने छनौट गरेँ, यसो गरेपछि मैले चीनका अरु सुन्दर ठाउँहरुको अवलोकन गर्न पाएँ। छोङ छिङबाट उरुमुछिसम्म मैले विमान चढेकी थिएँ। उरुमुछिमा मैले एक दिन बसेर स्थानीय खाना खाँदै स्थानीय संस्कृतिको अनुभव गरेँ। मैले स्थानीय बासिन्दाहरुसँग नाचगान गरेँ। त्यसपछि उरुमुछिबाट काशगरसम्म मैले १२ घण्टासम्म रेल यात्रा गरेँ। काशगर पुगेपछि म फेरी एक दिन बसेकी थिएँ। काशगरबासीहरु बाजा बजाउँदै नाच्न मन पराउँछन्। युवा र युवतीहरुसँगै मिलेर नाच्ने वातावरण निकै रमाइलो थियो। 

चीनमा एक वर्षको अध्ययनमा मिङ युएले चीनको शिक्षा वातावरणको प्रशंसा गरेकी छिन्।

चीनसँग प्रशस्त शिक्षा स्रोतहरु छन्। तीमध्ये गुणस्तरीय विद्यालय, शिक्षक तथा सम्बन्धित उपकरणहरु समावेश छन्। शिक्षा सम्बन्धी विचारधारा क्षेत्रमा चीनले विद्यार्थीहरुको मिलीजुली क्षमतालाई महत्त्व दिन्छ। चिनियाँ विद्यार्थीहरु पढ्ने वातावरण पनि राम्रो छ। पढाइप्रति चिनियाँ विद्यार्थीको ठूलो प्रेरक शक्ति छ। 

एक वर्षसम्मको पढाइपछि मिङ युएले आफ्नो पेशागत लक्ष्यप्रति दृढ अठोट गरेकी छिन्। उनले भविष्यमा उनकी आदर्श पाकिस्तानकी पहिलो स्थानीय चिनियाँ शिक्षिका मिस्बाजस्तै एक उत्कृष्ठ चिनियाँ शिक्षिका बन्ने आशा गरेकी छिन्।

उहाँ एक ज्ञानी शिक्षिका हुनुहुन्थ्यो। उहाँले चिनियाँ भाषाको अन्तर्राष्ट्रिय शिक्षाका लागि विशाल योगदान प्रदान गर्नुभएको छ। उहाँ हाम्रो पाकिस्तानको “चिनियाँ भाषाकी आमा” हुनुहुन्छ। उहाँले पाकिस्तान र चीन बीचको मित्रताबारे एउटा कविता पनि लेख्नुभएको छ। 

मिङ युएले चीन-पाकिस्तान मित्रताबारे यो कविता पढ्दै छिन्। मित्रताबाहेक यस कविताले चिनियाँ भाषाप्रति आफ्नो माया तथा भविष्यप्रति आफ्नो कोसिस अभिव्यक्त गरेको उनको भनाइ छ। 

मेरो सपना अझै धेरै टाढा छ। तर मैले अथक प्रयास गर्दै जाने छु। म चिनियाँ भाषा पढाउने शिक्षिका बन्न चाहेकी छु। मैले मेरो देश र चिनियाँ भाषाको अन्तर्राष्ट्रिय शिक्षाका लागि योगदान पुर्‍याउने आशा गरेकी छु। यो मेरो जीवनका लागि सबैभन्दा ठूलो उपलब्धि हुने छ।