#अल्पसंख्यक जाति# चीनका अल्पसंख्यक जाति पनि वसन्त चाड मनाउँछन् कि?- 2
2024-02-13 16:44:41CRI
Share with:

हाल चिनियाँहरूका सबैभन्दा ठूलो पर्व—वसन्त मनाउँदैछन्। हामी सबैजना नयाँ लुगा लगाएर पाहुनाहरुलाई स्वागत गर्न वा अरु नाता-कुटुम्ब, इष्ट-मित्र र असल छिमेकीहरुलाई शुभकामना दिनजाने गर्दछौँ। भेटका बेला एक-अर्कालाई सुख, शान्ति र सुस्वास्थ्यको मंगलमय कामना गर्ने गर्दछौँ। 

 

चीन बहुजातीय देश हो। हरेक जातिसँग आ-आफ्ना विशेष तथा महत्वपूर्ण चाडबाड छन्। तर केही अल्पसंख्यक जातिहरू पनि वसन्त चाड मनाउँछन्। गत साताको कार्यक्रममा मैले च्वाङ, यी र याउ जातिका सर्वसाधारणले वसन्त चाड मनाउने विशेष रीतिरिवाजको बारेमा जानकारी दिएकी थिएँ।

तावर जाति

तावर जातिका युवक-युवतीहरूले पूरानो अन्तिम दिनको रातिदेखि जातिय विशेषतायुक्त लुरकल नाच नाच्ने गर्छन्। नयाँ वर्षको पहिलो दिन विहान, युवाहरूले हातबाट भाँडोको खरानी आपसका अनुहारमा दल्ने गर्छन्। जसले प्रचुर फसल भित्र्याउने र सौभाग्य हुने शुभकामना जनाउँछ। 

पाइ जाति

युननान प्रान्तमा बस्ने पाइ जातिले “उठ्नु” नामक कार्यक्रमद्वारा नयाँ वर्ष मनाउँछन्। यो पूरै बाँसमा बारूद हालेर प्रज्वलित गर्नु हो। ठूलो बाँस आकाशमा उठेर शुभ अर्थ देखाएको छ। साथै म्याउ, च्वाङ जातिजस्तै केही क्षेत्रका पाइ जातिले आपसलाई रंगीन बल फाल्ने रीतिरिवाज पनि छ। रंगीन बल समात्न असफल भएका मान्छेले अर्कोलाई उपहार दिनुपर्छ। केही समयमा यस कार्यक्रममार्फत युवा-युवतीले आफ्ना प्रेम-प्रेमिका खोज्नसक्छन्।

 

हानी जाति

हानी जातीयहरू मुख्यतः युननान प्रान्तमा बस्दछन्। वसन्त चाडअघि हानी जातीय महिलाहरूले टाँसिने चामलबाट बनाइएको पिठोमार्फत् रोटी बनाउँदछन्। युवायुवतीहरूले बाँस काटेर पिङको निर्माण गर्दछन्। नयाँ वर्षको पहिलो दिनमा पुरूष होस् वा महिला, ठूलो होस् या बच्चा सबैजना आफूलाई मनपर्ने लुगा लगाएर सामूहिक रूपमा पिङ प्रतियोगिता खेल्दछन्। पिङ खेल्ने कार्यक्रममा युवाहरूले प्रेमी-प्रेमिका पनि खोज्नसक्छन्। 

 

तोङ जाति

क्वी चौ, हुनानलगायत क्षेत्र तोङ जातीयहरूको मुख्य बसोबास क्षेत्र हो। वसन्त चाडको अवसरमा तोङ जातीयहरूले हान जातिजस्तै सामूहिक भेला गर्छन्। सामान्यतया दुई गाउँले सल्लाह गरेर संयुक्त रूपमा कार्यक्रमको आयोजना गर्ने गर्दछन्। दुई गाउँका गाउँलेहरूले चोकमा नाच-गान प्रतियोगिता गर्छन्। सो अवधिमा मान्छेहरूले सङ्गीतका साथसाथै रमाइलो रूपमा नाचेर महोत्सव मनाउँछन्।