चीनको परराष्ट्र मन्त्रालयद्वारा इजरेलसँग सैनिक गतिविधि छिटो रुपमा रोक्न आग्रह
2024-02-13 16:27:41CRI
Share with:

फेब्रुअरी १३ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले इजरेलले गाजाको दक्षिणी राफाह क्षेत्रमा ठूलो परिमाणको हवाई हमला गरेको विषयबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ। 

पत्रकारले सोधेअनुसार, हाल इजरायलले गाजाको दक्षिणी राफाह क्षेत्रमा ठूलो परिमाणको हवाई हमला गरेको छ। जसबाट धेरैको हताहती भएको छ। इजरेली सेनाले पनि राफाह क्षेत्रमाथि भएको सैनिक गतिविधि गर्ने योजना बनाएको छ। 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनले राफाह क्षेत्रको परिस्थितिको विमासमाथि ध्यान दिएको बताउँदै सर्वसाधारणलाई हानी पुर्‍याउने र अन्तर्राष्ट्रिय ऐन उल्लंघनका गतिविधिको विरोध र निन्दा गरेको र इजरेलसँग सैनिक गतिविधि सक्दो छिटो स्थगित गर्न आग्रह गरेको बताउनुभयो।