विभिन्न मुलुकद्वारा इजरेलले राफाहमा गरेको हमलाको निन्दा
2024-02-13 18:54:20CRI
Share with:

विश्वका विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरूले इजरेलद्वारा राफाहमा गरिएको स्थल हमला योजनाबारे चिन्ता र निन्दा गर्नुका साथै अन्तर्राष्ट्रिय जगतसँग परिस्थिति चर्कन नदिन आह्वान गरेका छन्।

 

युरोपेली संघको कूटनीति तथा सुरक्षा नीतिका उच्च प्रतिनिधि बोरेरेलले १२ तारिख अमेरिकालाई इजरेल लक्षित सैन्य सहायता कम गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार, यदि अमेरिकाले इजरेलको सैन्य गतिविधिबाट धेरै सर्वसाधारणको मृत्यु भएको ठान्ने हो भने अमेरिकाले इजरेलका लागि हतियारको सहायता कम पार्नुपर्ने थियो। केही वर्षयता अमेरिकाले प्रत्येक वर्ष इजरेललाई लगभग ३ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता दिएको छ। 

राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफन दुजारिकले १२ तारिख विभिन्न पक्षसँग अन्तर्राष्ट्रिय कानूनको पालना गरेर सर्वसाधारणको पूर्ण सुरक्षा गर्न ताकिता गर्नुभएको छ।

राष्ट्र संघीय मानव अधिकार मामिलाका उच्चायुक्त वोल्कर टर्कले इजरेली सेनाले राफाहमा गर्ने चौतर्फी आक्रमण “निकै डरलाग्दो” हुने र जसबाट धेरै सर्वसाधारणको हताहत हुने चेतावनी दिनुभएको छ।

हल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटेले इजरेलसँग गाजा क्षेत्रमा सैन्य गतिविधिलाई कम पार्न र विभिन्न पक्षसँग तुरून्तै युद्धविराम गर्न  आग्रह गर्नुभएको छ। 

टर्की विदेश मन्त्रालयले १२ तारिख इजरेलले राफाहमा गरेको हमलाबारे चिन्ता व्यक्त गरेको छ। गाजा क्षेत्रमा इजरेलको निरन्तर आक्रमणले मानवीय त्रासदीलाई गम्भीर पार्ने ठहर गर्दै टर्कीले अन्तर्राष्ट्रिय जगतसँग उचित कदम चालेर इजरेललाई रोक्न माग गरेको छ।