बहुमुलुकका राष्ट्रनायकहरूद्वारा चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना
2024-02-13 16:50:32CRI
Share with:

हाल बहु मुलुकका राष्ट्रनायकहरूले चीन र चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ। 

नव वर्षको पहिलो दिन केन्याका राष्ट्रपति विलियम सामोई रूटोले सामाजिक सञ्जालमार्फत् चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभयो। रूटोले केन्या र चीनबीच दौत्य सम्बन्ध स्थापना भएयता दुई मुलुकले पारस्परिक रुपमा विश्वास गरेको भन्दै दुई मुलुकको सम्बन्ध मैत्रीपूर्ण र बलियो भएको कुरा बताउनुभयो। उहाँले केन्या र चीनको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध लुङ वर्षमा निरन्तर रुपमा अगाडि विकास हुँदै जाने अपेक्षा गर्नुभयो। 

जाम्बियाका राष्ट्रपति हाकाइन्दे हिचिलेमाले सामाजिक सञ्जालमार्फत् चिनियाँ जनतालाई वसन्त चाडको सबैभन्दा सुन्दर शुभकामना पठाउनुभयो। 

रुसका प्रथम उप प्रधानमन्त्री एन्ड्रे बेलोसोभले चिनियाँ साथीहरूलाई सुखमय र कार्य सफलताको कामना गर्नुभयो।

क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तका गर्भनर डेभिड इबेले चीनको वसन्त चाडको उपलक्ष्यमा उहाँको परिवारले चिनियाँहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको बताउनुभयो।

कम्बोडियाकी राजकुमारी नोरोदोम जेनाले चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभयो।

चीनका लागि पाकिस्तानी पूर्व राजदूत मासुद खालिदले चालू वर्ष चिनियाँ पात्रोअनुसार लुङ वर्ष हो भन्दै उहाँले चिनियाँ साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो।