पाकिस्तानी विदेश मन्त्रालयद्वारा इजरेलले गाजाको दक्षिणी राफाहमा गरेको हमलाको निन्दा
2024-02-13 17:06:16CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १२ तारिख पाकिस्तानी विदेश मन्त्रालयले इजरेलले गाजा क्षेत्रको दक्षिणी राफाहमा हमला गरेको र प्यालेष्टिनी जनता मारेकोमा कडा निन्दा गरेको बताएको छ। 

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, इजरेलले राफाहमाथि गरेको हमलाले अन्तर्राष्ट्रिय अदालतले इजरेललाई चालेको “अस्थायी कदम” नै उल्लंघन गरेको छ। पाकिस्तानले अन्तर्राष्ट्रिय समाज खासगरी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदसँग जरुरी कदम चाल्न र इजरेलको हमला रोक्न आग्रह गरेको छ।