विविध अन्तर्राष्ट्रिय गन्यमान्य व्यक्तिद्वारा वसन्त चाडको शुभकामना
2024-02-13 18:14:35CRI
Share with:

केही दिनमा विभिन्न अन्तर्राष्ट्रिय गन्यमान्य व्यक्तिहरूले चिनियाँ जनतालाई वसन्त चाडको शुभकामना व्यक्त गरेका छन्। 

होन्डुरसका विदेशमन्त्री एडुवार्डो अन्रिक रेइनाले होन्डुरस सरकार तथा जनताको प्रतिनिधित्व गर्दै पूरै चिनियाँ जनतालाई लोङ वर्षको वसन्त चाडको विशेष अभिवादन गर्नुभएको छ। होन्डुरस सरकारले सधैं एक चीनको नीतिलाई दृढताका साथ समर्थन दिएको कुरामा उहाँले जोड दिनुभएको छ। लोङ वर्षमा दुई देशबीचको सम्बन्ध निरन्तर तिव्र विकास हुने आशा पनि उहाँले गर्नुभएको छ।  

 

कतार सूचना तथा सञ्चार मन्त्रालयका सहायक उपसचिव हसन सईदले चीनमा लोङ वर्ष सौभाग्यको प्रतीक भएको थाहा पाएर चिनियाँ जनतामाझ सुचारू कायम रहोस् भन्ने शुभकामना दिनुभएको छ। 

जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामाले भन्नुभयो, ‘वसन्त चाडको सुअवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुका साथै चिनियाँ साथीहरूसँग विश्वको यात्रा गर्ने आशा गर्छु। सबैले जापानको भ्रमण गरेर जापानलाई मन पराउने र जापानी सर्वसाधारणलाई चीनबारे अझ बढी बुझाईका साथ  चीनलाई मन पराउनसक्ने आशा गर्छु। जसले जापान तथा चीनको सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान गर्नेछ।

ग्रीसको कृषि विकास र खाद्य मन्त्री लेफ्टेरिस एभिनाकिसले भन्नुभयो, ‘हाम्रो सहयोगात्मक साझेदारी चीन तथा चिनियाँ जनतालाई वसन्त चाडको शुभकाना। नयाँ वर्षमा दुई देशबीच समृद्धि तथा सिर्जनशीलताका लागि शुभकामना दिन्छु। नयाँ वर्षले चिनियाँ जनता र विश्वको हरेक जनतालाई राम्रो सूचना पुर्याउने आशा गर्छु।

हंगेरीका संस्कृति तथा नवप्रवर्तन मन्त्री चुक जानोसले सबैजना सँगसँगै मिठो खाना बाँड्नुका साथै आपसीलाई शुभकामना आदानप्रदानको राम्रो अवसर भएकाले चिनियाँ जनतालाई सौभाग्य र विश्व शान्तिको कामना गर्नुभएको छ।