चीनद्वारा विकासोन्मुख मुलुकहरूको जलवायु लचिलोपन र खाद्य सुरक्षाको प्रत्याभूति गर्न अपिल
2024-02-14 16:38:02CRI
Share with:

स्थानीय समय अनुसार फेब्रुअरी १३ तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले अध्यक्ष-मुलुक गुयनाको मागमा “जलवायु, खाद्य सुरक्षा र संघर्ष” भन्ने मुख्य विषयवस्तु रहेको उच्च स्तरीय खुला बहसको आयोजना गरेको छ। चिनियाँ प्रतिनिधिले दक्षिण र उत्तरको विकाको अन्तर साँघुरो पार्न गति प्रदान गर्नुपर्ने तथा विकासोन्मुख मुलुकहरूको जलवायु लचिलोपन र खाद्य सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेका छन्।

 

संयुक्त राष्ट्र संघका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ च्युनले जलवायु परिवर्तन मानवको अस्तित्व र विकाससित सम्बन्धित भएको बताउँदै चीनले अन्तर्राष्ट्रिय समाजलाई जलवायु परिवर्तनबाट ल्याइने चुनौतीको सामना गर्न सशक्त कदम चाल्ने कुरामा समर्थन जनाउने बताउनुभयो। उहाँकाअनुसार, चीनले विकसित मुलुकसँग माग बमोजिम विकासोन्मुख मुलुकहरूलाई खाद्य तथा रकम सहायता उपलब्ध गराउन तर कुनै पनि राजनीतिक पूर्वशर्त नराख्न पनि आग्रह गरेको छ।