पर्व सम्बन्धित सामान र सेवाको उपभोग स्पष्ट रूपमा बढ्दै
2024-02-14 19:40:57CRI
Share with:

चिनियाँ वाणिज्य मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, चिनियाँ वसन्त चाडको अवसरमा पर्व सम्बन्धित सामानको बिक्री ज्यादै बढेको छ। वाणिज्य मन्त्रालयद्वारा मुख्यतः अनुगमन गरिएका खुद्रा उद्यमहरूमा हरियो अर्गानिक खाना, सुन र चाँदीका गहनाको बिक्री रकम गत वर्षको सोही अवधिको तुलनामा कम्तीमा १० प्रतिशतले वृद्धि भएको छ। 

त्यसका साथै सेवाको उपभोग स्पष्ट रूपमा बढ्दै गएको छ। मुख्यतः अनुगमनमा गरिएका ई-वाणिज्य मञ्चमा आवासको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ६०प्रतिशतले भन्दा बढी छ। त्यसमध्ये हाअरपिन शहर वरिपरि ग्रामीण होम्स्टेको आम्दानी ३ गुणा वृद्धि भएको छ। 

जीवनको आवश्यकता प्रशस्त हुनुका साथै बजार भाउ स्थिर रहेको छ। पर्वका अघिल्ला ५ दिनमा अन्नपात, तेल, सुँगुर, गोरू तथा भेडाको मासु, कुखुराको मासु, अण्डाको भाउ पर्वअघि समान हुनुका साथै सागसब्जीको भाउ १.२प्रतिशतले घटेको छ।