बहु मुलुकहरूद्वारा इजरेलले राफाहमाथि हमला गरेकोमा चिन्ता
2024-02-14 16:55:46CRI
Share with:

इजरेलले हाल राफाहमा स्थलगत सैन्य गतिविधि संचालन गर्ने योजना बनाएको घोषणा गरेको छ। स्थानीय समय अनुसार फेब्रुअरी १३ तारिख बहु मुलुकबाट इजरेलले राफाहमा ठूलो परिमाणको सैन्य गतिविधि गर्ने योजनाप्रति चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन्। ती मुलुकहरूले अन्तर्राष्ट्रिय समाजसँग इजरेलको सैन्य गतिविधिमा अवरोध गर्न आह्वान गरेका छन्।

 

प्यालेष्टिनी विदेश मन्त्री रियाद अल माल्की  र जर्मनीका विदेश मन्त्री एनालेना बाएरबोकले फेब्रुअरी १३ तारिख जर्मनीको राजधानी बर्लिनमा भेटवार्ता गर्नुभयो। भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्यालेष्टिनी विदेश मन्त्री माल्कीले अन्तर्राष्ट्रिय समाजले इजरेलले राफाहमा ठूलो परिमाणमा सैन्य गतिविधि गर्न लागेकोमा त्यसमा अवरोधमूलक कदम चाल्नुपर्ने कुरा बताउनुभयो। 

जर्मनीका विदेश मन्त्री बाएरबोकले सोही दिन पत्रकार सम्मेलनमा इजरेली सेनाले राफाहको सैनिक गतिविधिमा संयम कायम राख्नुपर्ने, स्थानीय सर्वसाधारणको हताहती घटाउनुपर्ने कुरा बताउनुभयो। 

रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले फेब्रुअरी १३ तारिख रुसले राफाह क्षेत्रको परिस्थितिमा छिटो स्थिरता उन्मुख भविष्य नदेखेको कुरा बताउनुभयो।  

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले फेब्रुअरी १३ तारिख गाजा क्षेत्रमा निरन्तर रुपमा बिग्रँदै गएको मानवीय सहायता पूर्वाधार र सुरक्षा परिस्थिति चिन्ताजनक भएको कुरा बताउनुभयो।