६०औँ म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रीको सहभागिता
2024-02-15 15:46:36CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिनुभए अनुसार, म्यूनिख सुरक्षा सम्मेलनका अध्यक्ष, स्पेनका विदेशमन्त्री र फ्रान्सका राष्ट्रपतिका वैदेशिक मामिला सल्लाहकारहरूको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले फेब्रुअरी १६ देखि २१ सम्म आयोजना हुने ६०औँ म्युनिख सुरक्षा सम्मेलनमा सहभागिता जनाउनुहुनेछ। 

उहाँले 'चाइना सेसन'मा भाषण दिनुका साथै सम्मेलनको विषयवस्तुसँग संयोजन गरी प्रमुख अन्तर्राष्ट्रिय समस्यामा चीनको धारणा पनि राख्नुहुने छ। साथै उहाँले स्पेन र फ्रान्सको भ्रमण गर्नुहुने छ। फ्रान्सको भ्रमणमा चीन-फ्रान्स रणनैतिक सम्वादको पनि आयोजना गर्नुहुने छ।