“छ्यौश” पत्रिकाद्वारा “जन कांग्रेस सम्मेलन व्यवस्थालाई कायम राख्ने र सुधार गर्ने, जनता देशको मालिक बनाउन प्रत्याभूति गर्ने” शीर्षकको सी चिनफिङको लेख प्रकाशित
2024-02-15 16:13:18CRI
Share with:

फेब्रुअरी १६ तारिख प्रकाशित हुने चौथो अंकको “छ्यौश” पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “जन कांग्रेस सम्मेलन व्यवस्थालाई कायम राख्ने र सुधार गर्ने, जनता देशको मालिक बनाउन प्रत्याभूति गर्ने” शीर्षकको लेख प्रकाशित गर्ने छ। 

वास्तविकताबाट प्रमाण गरिएअनुसार, जन काँग्रेस सम्मेलन व्यवस्था चीनको राष्ट्रिय अवस्था र वास्तविकतासित अनुकूल भएको, जनता देशका मालिक बनाउन प्रत्याभूति गरेको, चिनियाँ राष्ट्रको पुनरुतथान साकार तुल्याउन प्रत्याभूति गरेको राम्रो व्यवस्था भएको उक्त लेखमा उल्लेख छ। मानवीय राजनीतिक व्यवस्था इतिहासमा चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई नेतृत्व गर्ने विशाल सिर्जना भएको र यो व्यवस्था चीनको राजनीतिक विकास इतिहास र विश्वको राजनीतिक विकास इतिहासमा महत्वपूर्ण अर्थ रहेको नयाँ राजनीतिक व्यवस्था भएको पनि लेखमा ठहर गरिएको छ।