भारतीय प्रधानमन्त्रीद्वारा कतारको भ्रमण
2024-02-15 16:06:56CRI
Share with:

स्थानीय समय अनुसार फेब्रुअरी १४ तारिख बेलुकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कतारको राजधानी दोहा पुग्नुभयो। उहाँले कतारको दुई दिने भ्रमण थाल्नुभयो। यो सन् २०१६पछि मोदीले कतारको भ्रमण गर्नुभएको दोश्रो पटक हो। 

सोही दिन बेलुकी मोदीले कतारका प्रधानमन्त्री एवम् विदेश मन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग भेटवार्ता गर्नुभयो। उहाँहरूले व्यापार, लगानी, ऊर्जा स्रोत, बैकिङ, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रहरूमा दुई मुलुकको सहयोगबारे छलफल गर्नुका साथै प्यालेष्टाइन र इजरेलको परिस्थितिआदि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूबारे वैचारिक आदान-प्रदान गर्नुभयो।