म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रीको सहभागीताबारे परराष्ट्र मन्त्रालयको चर्चा
2024-02-15 16:09:13CRI
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिनुभए अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले फेब्रुअरी १६- २१सम्म आयोजना हुने ६०औँ म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुनुहुने छ। म्यूनिख सुरक्षा सम्मेलनका अध्यक्ष, स्पेनका विदेशमन्त्री र फ्रान्सका राष्ट्रपतिका बैदेशिक मामिला सल्लाहकारको निमन्त्रणामा उहाँले यो भ्रमण गर्नु लाग्नुभएको हो। यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले फेब्रुअरी १५ तारिख भन्नुभयो, ‘म्यूनिख सुरक्षा सम्मेलन महत्वपूर्ण विश्वव्यापी प्रभावकारी अन्तर्राष्ट्रिय रणनीति र सुरक्षा नीतिको वार्षिक मञ्च हो। परराष्ट्र मन्त्री वाङ यीले मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण र समान तथा व्यवस्थित बहुध्रुवीय विश्व बनाउने चीनको अडानबारे व्याख्या गर्नुहुने छ।’ 

स्पेनको भ्रमणबारे जानकारी दिँदै प्रवक्ताले दिएको जानकारी अनुसार स्पेन यूरोपेली संघको एक महत्वपूर्ण देश हो र चीनको व्यापक रणनीतिक साझेदार पनि हो। परराष्ट्र मन्त्रीको भ्रमण चीन-स्पेन सम्बन्ध स्थापित अर्को नयाँ ५० वर्षको सुरुवात पनि हो र लगभग ६ वर्षमा चिनियाँ परराष्ट्र मन्त्रीले गर्नुहुने स्पेनको दोस्रो भ्रमण हो। यो भ्रमणले चीन-स्पेन बृहत् रणनीतिक साझेदारी सम्बन्धमा नयाँ अर्थ थप्ने चिनियाँ पक्षको अपेक्षा छ।

फ्रान्सको भ्रमणबारे जानकारी दिँदै प्रवक्ताको भनाइ यस्तो छ, ‘चीन र फ्रान्स दुवै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य हुन्। यसै वर्ष चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ हो।’ 

चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले फ्रान्स भ्रमणमा फ्रान्सेली पक्षसँग वार्ता गर्नुका साथै फ्रान्सका बैदेशिक मामिला सल्लाहकार ज्याँ क्लाउड ब्युनेसँग चीन-फ्रान्स रणनीतिक वार्ताको नयाँ चरण गर्नुहुनेछ। चीन र यूरोपेली संघ बीचको सम्बन्धलाई स्थिर र दीर्घकालीन विकासतर्फ संयुक्त रूपमा अगाडि बढाउन र विश्व शान्ति, स्थिरता, विकास र प्रगतिमा सकारात्मक योगदान गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न तत्पर रहेको पनि प्रवक्ताले जनाउनुभयो।