अन्तर्राष्ट्रिय ऊर्जा स्रोत कार्यालयद्वारा विश्वको ऊर्जा स्रोत सुरक्षाको सामु त्रास-धम्की देखापरेको कुरा व्यक्त
2024-02-15 16:35:04CRI
Share with:

अन्तर्राष्ट्रिय ऊर्जा स्रोत कार्यालयले फेब्रुअरी १३ तारिखदेखि १४ तारिखसम्म फ्रान्सको पेरिसमा सन् २०२४ मन्त्रीस्तरीय सम्मेलन र उक्त कार्यालयको स्थापनाको ५०औं वार्षिकोत्सव समारोहको आयोजना गरेको छ। ऊर्जा स्रोत सुरक्षाको संरक्षण गर्ने, स्वच्छ ऊर्जा स्रोततर्फ मोड्न गति प्रदान गर्ने, ऊर्जा स्रोतको अन्तर्राष्ट्रिय सहयोगलाई सबल पार्ने विषयहरूबारे उक्त सम्मेलनमा छलफल गरिएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा स्रोत कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, विश्व ऊर्जा स्रोत कार्यालयले ऊर्जा स्रोतसित सम्बन्धित चुनौती अर्थात्

जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधजता ह्रासको सामना गर्नका लागि निरन्तर रुपमा तयारी गर्ने छ।

अन्तर्राष्ट्रिय ऊर्जा स्रोत कार्यालयले सिंगापुरमा एक क्षेत्रीय सहयोग केन्द्रको स्थापना गर्ने घोषणा गरेको छ। 

अन्तर्राष्ट्रिय ऊर्जा स्रोत कार्यालयका प्रशासक फातिह बिरोलले उक्त सम्मेलनमा विभिन्न मुलुकले विगत ५० वर्षमा अन्तर्राष्ट्रिय ऊर्जा स्रोत कार्यालयले ऊर्जा स्रोत र जलवायु समस्यामा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय ऊर्जा स्रोत कार्यालयले निरन्तर रुपमा सक्दो प्रयास गर्ने कुरा बताउनुभयो।