विभिन्न देशले एक भएर आतङ्कवादको प्रतिरोध गर्नुपर्ने चीनको ठहर
2024-02-16 19:02:42CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १५ तारिख संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आतङ्कवाद र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरता सम्बन्धी खुला बैठकको आयोजना गरेको छ। सो बैठकमा चिनियाँ प्रतिनिधिले विभिन्न देशले ऐक्यवद्धताका साथ पूर्ण रूपमा आतङ्कवादको प्रतिरोध गर्दै जानुपर्ने आवश्यकता भएको धारणा व्यक्त गर्नुभएको छ।

सो बैठकमा आतंकवाद विरोधी संयुक्त राष्ट्रसंघीय कार्यालयका उपमहासचिव भ्लादिमिर भोरोनकोभले चरमपन्थी समूहले विगत केही वर्षदेखियता द्वन्द्वमा रहेका संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूको लागि सुरक्षा खतरा कायमै रहेको औंल्याउनुभयो। उहाँले उग्रवादी समूह र आतङ्कवादसँग जुध्नका लागि बहुआयामिक कदमहरू अपनाउनुपर्ने सबै पक्षसँग अनुरोध पनि गर्नुभयो।

संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि चाङ च्युनले जोड दिँदै भन्नुभयोः आतङ्कवादको मूल श्रोतलाई निर्मूल पार्न व्यापक कदमहरू चाल्नुपर्छ।

भविष्यमा चीनले विश्वव्यापी सुरक्षा पहलको पूर्ण रूपमा कार्यान्वयन गर्दै सबै प्रकारका आतङ्कवादलाई प्रहार गर्ने र संयुक्त रूपमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्ने पनि चाङ च्युनले बताउनुभयो।