दक्षिण अफ्रिकी विभिन्न क्षेत्रका व्यक्तिहरूद्वारा वसन्त चाडको गालाले विश्वतर्फ चिनियाँ सँस्कृतिको प्रचार-प्रसार गरेको कुरा व्यक्त
2024-02-16 16:11:29CRI
Share with:

फेब्रुअरी ९ तारिख दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहान्सबर्गस्थित नेल्सन मण्डेला चोकमा निकै रमाइलो थियो। चिनियाँ पूँजीबाट संचालित उद्योग-व्यवसायका कर्मचारीहरू र दक्षिण अफ्रिकामा बसोबास गरिरहेका चिनियाँहरू तथा चिनियाँ मूलका दक्षिण अफ्रिकीहरूले पनि तत्स्थलमा वसन्त चाड गालाको अवलोकन गरेका थिए। दक्षिण अफ्रिकीहरूले मण्डेला चोकमा चाइना मिडिया ग्रुपको वसन्त चाड गालाको प्रत्यक्ष प्रसारणको अवलोकन गरे। धेरै दक्षिण अफ्रिकी युवायुवतीहरूले पहिलो पटक चाइना मिडिया ग्रुपको वसन्त चाड गालाको अवलोकन गरेको बताए।

 

मण्डेला चोक दक्षिण अफ्रिका र अझै अफ्रिकाको प्रसिद्ध पर्यटकीय स्थल हो। यहाँ हरेक वर्ष धेरै चिनियाँ पर्यटकहरूको स्वागत हुन्छ। चाइना मिडिया ग्रुपको वसन्त चाडको गालाको प्रत्यक्ष प्रसारण मण्डेला चोक दक्षिण अफ्रिकामा बसोबास गरिरहेका चिनियाँहरूको प्रतीक्षा बन्ने गर्दछ। 

दक्षिण अफ्रिकामा काम गर्ने चिनियाँ कर्मचारीले चाइना मिडिया ग्रुपका पत्रकारलाई अन्तर्वार्ता दिँदै भन्छन् “सानो उमेरमा छुसी अर्थात् नयाँ वर्ष आउनुअघिको अन्तिम रात्रिभोज खानु र वसन्त चाडको गालाको अवलोकन गर्नु वसन्त चाडको एक चलन थियो। वसन्त चाडको गाला नभएमा केही अभावको महसूस हुन्थ्यो। विदेशमा काम गर्ने चिनियाँको हैसियतमा मलाई गौरब लाग्यो। मण्डेला चोकमा वसन्त चाडको गालाको अवलोकन गरेको यो पहिलो पटक हो। हाम्रो चीनको सँस्कृति विदेश गयो। मेरो विचारमा यो राम्रो कुरा हो। वसन्त चाडको गाला विदेशमा चिनियाँ सँस्कृति प्रचार-प्रसार गरिने एक राम्रो प्रतीक र पेटी बन्ने विश्वास मैले लिएँ।”  

दक्षिण अफ्रिकामा बसोबास गरिरहेका चिनियाँ लिउ चिनमैले लुङ वर्षको वसन्त चाडको गाला निकै अद्भुत भएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ

 “मैले दक्षिण अफ्रिकामा बीस वर्षसम्म बसेर काम गरेकी छु। हरेक वर्ष मैले वसन्त चाडको गालाको अवलोकन गर्ने गर्दछु। दक्षिण अफ्रिकाको मण्डेला चोकमा चाइना मिडिया ग्रुपको वसन्त चाडको गालाको अवलोकन गरेको यो पहिलो पटक हो। मैले मेरो जन्मथलो फर्केको महसूस गरेँ।” 

दक्षिण अफ्रिकी युवती एकेकु मोथोयाले चाइना मिडिया ग्रुपको वसन्त चाडको गालले चिनियाँ सँस्कृति देखाएको कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ “मलाई अभिनेता-अभिनेत्रीको लुगा मन पर्छ। उनीहरू ज्यादै सुन्दर छन्। मेरो विचारमा चिनियाँ सँस्कृति राम्रोसँग देखिएको छ।” 

दक्षिण अफ्रिकाको अफ्रिकी राष्ट्रिय काँग्रेसको गाउटेङ प्रान्तका कार्यकारी सदस्य एवम् नीति अनुसन्धान तथा तालिम विभागका प्रमुख टशिलिजी मुन्याइले भन्नुहुन्छ “चाइना मिडिया ग्रुपको वसन्त चाडको गाला सफलताका साथ प्रसारण भएकोमा मैले शुभकामना दिन चाहन्छु। चीनको पराम्परागत सँस्कृतिको पाँच हजार वर्ष पुरानो इतिहास रहेको छ। हामीले चीनबाट सिक्नुपर्छ। चाइना मिडिया ग्रुपको वसन्त चाडको गालाले अद्भूत चिनियाँ सँस्कृति र यो अद्भुत संसारमा चिनियाँ जनताको अनुभव देखाएको छ।”