बारम्बारको चेतावनीका बाबजुद दक्षिण चीन सागरको ह्वाङयान टापूमा अवैध रूपमा घुसपैठ गर्ने फिलिपिनी जहाज लखेटिएको चीनको दाबी
2024-02-16 16:31:27CRI
Share with:

चिनियाँ तट रक्षक (सीसीजी) ले बिहीबार राति घोषणा गरेअनुसार बारम्बारको चेतावनीका बाबजुद दक्षिण चीन सागरमा फिलिपिन्सको जहाज प्रवेश गर्न खोजेको छ। ह्वाङयान टापु नजिकैको पानीमा अवैध रूपमा घुसपैठ गरेको फिलिपिन्सको जहाजलाई अन्ततः लखेटिएको पनि सीसीजीले जनाएको छ। 

सीसीजीका प्रवक्ता कान युले एक विज्ञप्तिमार्फत् फिलिपिन्स ब्यूरो अफ फिशरीज एण्ड एक्वाटिक रिसोर्सेस (बीएफएआर) जहाज ३००५ ले बिहीबार चीनको ह्वाङयान टापु छेउछाउको पानीमा अवैध रूपमा घुसपैठ गरेको जानकारी दिनुभयो। सीसीजीले बारम्बार चेतावनी दिँदा पनि फिलिपिन्स जहाजले आफ्नो गतिविधि जारी राखेको थियो। 

कानून बमोजिम सीसीजीले जहाजको नेभिगेसन नियन्त्रण गर्न र तत्स्थानबाट फिर्ता हुने बाध्यकारी उपायहरू अवलम्बन गर्नुपरेको भन्दै प्रवक्ताले स्थितिलाई व्यावसायिक र मानकीकृत तरिकाले नियन्त्रणमा लिइएको दाबी गरेका छन्।

ह्वाङयान टापु र यसको छेउछाउको पानीमाथि चीनको निर्विवाद रूपमा सार्वभौमिकता रहेको भन्दै चीनले सीसीजीले राष्ट्रिय सार्वभौमिकता र सामुद्रिक हितको दृढतापूर्वक रक्षा गर्दै चीनको अधिकार क्षेत्रको जलक्षेत्रमा कानून कार्यान्वयनका गतिविधिहरू निरन्तर रूपमा कायम राख्ने बताएको छ। 

चिनियाँ नयाँ वर्षको अवसरमा ह्वाङ्यान टापू नजिकैको पानीमा अवैध रूपमा घुसपैठ गर्ने फिलिपिनी जहाजहरूलाई चीनले निष्कासन गरेको यो पहिलो पटक नभएको ग्लोबल टाइम्सले जनाएको छ।

सीसीजीले आइतवार बताए अनुसार फिलिपिन्स तटरक्षक जहाजलाई निष्कासित गरिएको जहाजले फेब्रुअरी २ देखि ९ सम्म धेरै पटक दक्षिण चीन सागरको सो टापू नजिकैको पानीमा गैरकानुनी रूपमा घुसपैठ गरेको थियो। 

वसन्त चाडको समयमा फिलिपिन्सले जानाजानी उक्साहट गर्ने काम गरेको भन्दै चीनले यस कदमले आपसी विश्वासलाई थप खलल पार्ने, राजनीतिक वातावरणमा बाधा पुर्याउने र फिलिपिन्सप्रति चिनियाँ जनताको धारणालाई समेत असर गर्ने चेतावनी दिएको छ।