“सन्दर्भ समाचार” को पहिलो पृष्ठमा अमेरिकी सञ्चार-माध्यमको जानकारी प्रकाशित:वसन्त चाड गाला चीनबारे जानकारी लिने उत्कृष्ट झ्याल
2024-02-16 16:33:51CRI
Share with:

फेब्रुअरी १५ तारिख प्रकाशित भएको “सन्दर्भ समाचार”ले पहिलो पृष्ठमा अमेरिकी “द डिप्लोम्याट” को लेख सार्वजनिक गरेको छ। अमेरिकी “द डिप्लोम्याट”को लेखअनुसार, चाइना मिडिया ग्रुपको वसन्त चाड गालाले चीनबारे जानकारी लिने उत्कृष्ट झ्याल उपलब्ध गराएको छ।

 

अमेरिकी “द डिप्लोम्याट”ले लेखमा जनाएअनुसार, चाइना मिडिया ग्रुपले हरेक वर्ष आयोजना गर्ने वसन्त चाड गाला विश्वमा दर्शकहरूको संख्या सबैभन्दा बढी हुने टेलिभिजन कार्यक्रम हो र यसले कम्तीमा १ अर्ब ४० करोड चिनियाँमध्येको एक तिहाईलाई आकर्षित गर्नसकेको छ। सन् १९८३ मा प्रसारण भएयता वसन्त चाड गाला चीनको वसन्त चाडको अनुभव गर्ने द्योतक कारक-तत्वहरूमध्येको एक बनिसकेको छ। वसन्त चाड गालाले एक उत्कृष्ट अवसर उपलब्ध गराएको छ। चीनले चिनियाँ सर्वसाधारणले देशको अवस्थाबारे कसरी बुझ्ने र अनुभव गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा चीनको स्थानबारे जनकारी लिने आशा लिएको कुरा पनि वसन्त चाड गालाबाट थाहा पाउनसकिन्छ।