बैंकको पहुँच नहुने गरिब वर्ग लक्षित राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै
2024-02-16 15:41:41CRI
Share with:

काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुन भएको छ। बैंकको पहुँचमा नपुग्ने गरिब तथा विपन्न वर्गलाई सेवा दिन आगामी शनिबार र आइतबार उक्त सम्मेलन हुने लागेको हो। स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुने लागेको सम्मेलनमा ७ सय जनाभन्दा बढीको सहभागिता हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्। 

केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले नेपालमा पछिल्लो समय लघुवित्त क्षेत्रमा केही समस्या देखिएको जानकारी दिनुभयो। समस्या पहिचाहन गर्दै निराकरण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको भन्दै उहाँले थप्नुभयो, ‘लघुवित्त क्षेत्रको पुनर्संरचना र पर्नुंजागरण गर्नुपर्ने आवश्यक्ता देखिएको छ। त्यसका लागि सम्मेलन प्रभावकारी बन्ने अपेक्षा गरेका छौं ।’ 

सोही कारण सम्मेलनको नारा नै स्वस्थ लघुवित्त, समृद्ध सदस्य राखिएको बताउँदै उहाँले विश्वका १७८ देशमा सञ्चालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुनर्संरचनाका लागि उपयुक्त रहेको दाबी गर्नुभयो। तर, पछिल्लो समय देखिएका केही विकृतिले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै यसलाई सुधार गर्न जरुरी रहेको उहाँले औंल्याउनुभयो।

कारोबार अनलाइनका अनुसार सम्मेलन लघुवित्त सेवालाई स्वच्छ, स्वस्थ र सक्षम बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रको रूपमा अगाडि बढाउने उपायहरू खोज्न केन्द्रित हुनेछ । यसको साथै हरेक लघुवित्त संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनेतर्फ विशेष जोड दिइनेछ। अहिले युवा पुस्तामा बिदेसिने लहर चलेकोले त्यसलाई रोक्न लघुवित्तले भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।