सी चिनफिङद्वारा स्टुबलाई फिनल्याण्डको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई सन्देश
2024-02-16 16:00:29CRI
Share with:

फेब्रुअरी १६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एलेक्जेन्डर स्टुबलाई एउटा सन्देश पठाई फिनल्याण्डका राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ। 

सी चिनफिङले दुई पक्षको साझा प्रयासमा चीन र फिनल्याण्डबीचको सम्बन्धले हालैका वर्षहरूयता परम्परागत मित्रतालाई निरन्तरता दिएको र नयाँ प्रगति हासिल गरेको कुरा बताउनुभयो। सीले दुई मुलुकबीच पारस्परिक सम्मान, पारस्परिक हितयुक्त विजय भएको भन्दै दुई मुलुकको विभिन्न क्षेत्रको व्यवहारिक सहयोगले दुई मुलुकका जनतालाई वास्तविक फाइदा ल्याएको कुरा बताउनुभयो। सीले चीन र फिनल्याण्डबीचको सम्बन्धको विकासमा महत्व दिएको भन्दै राष्ट्रपति स्टुबसँग चीन-फिनल्याण्ड मित्रतालाई निरन्तरता दिन, वार्ता र सहयोगमार्फत दुई मुलुकबीच भविष्य उन्मुख नयाँ ढाँचाको सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्न, विश्वव्यापी चुनौतीको सामना गर्न, विश्व शान्ति तथा विकासलाई अघि बढाउन इच्छुक रहेको कुरा व्यक्त गर्नुभयो।