नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको अर्थमन्त्रीको दाबी
2024-02-17 15:46:16CRI
Share with:

अर्थमन्त्री डा. प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ। शुक्रबार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको भन्दै उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताउनुभयो। 

पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको भन्दै उहाँले भारत लगायत बाहिरि लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गर्नुभयो। उहाँले उर्जा क्षेत्रलाई अघि बढाउँदै उर्जामार्फत मुलुकमा आर्थिक समृवृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताउनुभएको कारोबार अनलाइनले लेखेको छ। 

कार्वन उत्सर्जनलाई न्यूनीकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरु पनि सकारात्मक देखिएको बताउँदै मन्त्री डा.महतले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो।

यस्तै, उहाँले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको बताउनुभयो। उहाँले वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको बताउनुका साथै क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको सुनाउनुभयो। उहाँले जोखिमअनुसार ट्यारिफ र ननट्यारिफ गरी दुई किसिमको रेट तय गर्नु गलत भएको टिप्पणी पनि गर्नुभयो।

दुईथरि बीमा रेट राख्नु उपयुक्त नभएकोले बजारमा चलेको रेट नै ठीक हुने बताउनुभयो।