वाङ यी र मंगोलियाका विदेश मन्त्री बाटसेटसेगबीच भेटघाट
2024-02-17 16:36:26CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १६ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले म्युनिख सुरक्षा सम्मेलनमा भाग लिनुभएको दौरान मंगोलियाका विदेश मन्त्री बाटमुन्ख बाटसेटसेगसँग भेटघाट गर्नुभएको छ। 

वाङ यीले चालू वर्ष चीन र मंगोलियाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव, दुई मुलुकले मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध सन्धिमा हस्ताक्षर गरेको ३०औँ वार्षिकोत्सव, चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापनाको १०औं वार्षिकोत्सव हो भन्दै दुई पक्षले यसलाई सुअवसरको रुपमा राखेर केन्द्रीय हित र अभिरुचिका समस्याहरूमा एक अर्कालाई समर्थन दिने, राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ गर्ने र विभिन्न क्षेत्रको आदान-प्रदान गर्ने कुरा बताउनुभयो। 

यस्तै मंगोलियाले चीनसँगको मित्रतामा महत्व दिएको व्यक्त गर्दै बाटसेटसेगले चीनसँग विभिन्न क्षेत्रको व्यवहारिक सहयोगलाई सबल पार्ने र द्विपक्षीय सम्बन्धमा अझै बढी उपलब्धि हासिल गर्न अघि बढ्ने  आशा प्रकट गर्नुभयो।