वाङ यी र बेलायती विदेशमन्त्री क्यामरुनबीच भेटघाट
2024-02-17 16:14:45CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १६ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले म्युनिख सुरक्षा सम्मेलनका दौरान बेलायती विदेश मन्त्री डेभिड क्यामरुनसँग भेटघाट गर्नुभएको छ। 

भेटमा वाङ यीले चीन र बेलायत दुबै मुलुक संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुक भएको स्मरण गर्दै दुई मुलुकले रणनीतिक आदान-प्रदान गर्नुपर्ने, सुरक्षा र शान्तिको संरक्षण गर्नका लागि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो। साथै उहाँले दुई पक्षले साझा प्रयास गर्नुपर्ने, आदान-प्रदान र सहयोग बढाउनुपर्ने, चीन र बेलायतको सम्बन्धलाई स्वस्थ र स्थिर विकासको बाटोमा पुनःफर्कन अगाडि बढाउनुपर्ने, यो दुई मुलुकको मूलभूत र दीर्घकालीन हित अनुकूल भएको  र अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा अनुकूल भएको कुरामा जोड दिनुभयो। 

त्यसक्रममा बेलायती मन्त्री क्यामरुनले बेलायतले दुई पक्षको साझा हितअनुकूलका क्षेत्रहरूमा सहयोगलाई अगाडि बढाउने र समस्याको समाधान गर्ने आशा लिएको बताउनुभयो। बेलायतले चीनसँग नवीकरणीय ऊर्जा स्रोत, अर्थतन्त्र तथा व्यापार, शिक्षा क्षेत्रमा वार्ता गर्ने अपेक्षा लिएको पनि उहाँले बताउनुभयो।