सी चिनफिङद्वारा ३७औं अफ्रिकी संघको शिखर सम्मेलनलाई बधाई सन्देश
2024-02-17 19:14:13CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेब्रुअरी १७ तारिख ३७औं अफ्रिकी संघको शिखर सम्मेलन आयोजना भएकोमा बधाई सन्देश गर्नुभएको छ। 

सी चिनफिङले चीन र अफ्रिकाको प्रधानतामा रहेको “ग्लोबल साउथ” को जोडतोडताका साथ विकास भएको र विश्व इतिहास प्रक्रियामा असर परेको, अफ्रिकी संघ २० मुलुक समूहमा सफलताका साथ संलग्न भएको, यसले गर्दा विश्व शासनमा अफ्रिकाको प्रतिनिधित्व र बोल्न पाउने अधिकार माथि उकासिएकोमा चीनले शुभकामना दिएको बताउनुभयो। 

सीले विगत एक वर्षमा चीन र अफ्रिकाको सम्बन्ध निरन्तर र गहिरो रुपमा विकसित भएको बताउँदै चीन-अफ्रिका नेताहरूको वार्ता सम्मेलनको सफलताका साथ आयोजना भएको उल्लेख गर्नुभयो।

सन् २०२४ मा चीन-अफ्रिका सहयोग मञ्चको नयाँ सम्मेलनको आयोजना गरिने जानकारी दिँदै उहाँले अफ्रिकी मुलुकका नेताहरूसँग चीन-अफ्रिका सहयोगको नयाँ प्लु-प्रिन्टको परियोजना गर्ने, चीन-अफ्रिका उच्च स्तरीय भाग्य समुदायको सिर्जना गर्न अगाडि बढ्ने कुरामा जोड दिनुभयो।