चिनियाँ परराष्ट्र मन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता
2024-02-17 16:29:38CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १६ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले म्युनिख सुरक्षा सम्मेलनमा भाग लिने क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेटवार्ता गर्नुभयो। उक्त भेटवार्ता सदिच्छापूर्ण, वस्तुगत र रचनात्मक भएको बताइएको छ। 

भेटवार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले भन्नुभयो, "हाल दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सहकार्यका सिद्धान्तहरूको पालना गर्नुपर्दछ र दुई देशहरूका लागि सही मार्गको सक्रिय रूपमा खोजी गर्नुपर्दछ। अमेरिकाले चीनको विकासलाई तार्किक ढङ्गले हेर्नुपर्छ, चीनप्रति सकारात्मक र व्यावहारिक नीति अवलम्बन गर्नुपर्छ र राष्ट्रपति बाइडेनका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ।’

थाइवान चीनको भूभाग भएको बताउँदै मन्त्री वाङ यीले यदि अमेरिका वास्तवमै थाइवान जलडमरूको स्थिरता चाहन्छ भने एक चीन सिद्धान्त र चीन-अमेरिका ३ बुँदे संयुक्त विज्ञप्तिको पालना र 'थाइवानको स्वतन्त्रता' पक्षधरलाई समर्थन नगर्ने कदमलाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो। साथै अमेरिकाले चिनियाँ कम्पनी र व्यक्तिमाथि लगाएको गैरकानुनी एकतर्फी प्रतिबन्धलाई हटाएर चीनको वैध विकास अधिकार तथा हितमा क्षति नपुर्याउन पनि परराष्ट्र मन्त्री वाङ यीले आग्रह गर्नुभयो।