पूर्वाधार निर्माणमा चीनको अनुभव अन्य देशको लागि सिक्नलायक
2024-02-17 17:45:42CRI
Share with:

फ्रान्सिस सन् २०२३ जुन १ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभाका अध्यक्षको रूपमा निर्वाचित हुनुभयो। 'शान्ति, समृद्धि, प्रगति र दिगोपना' उहाँले आफ्नो कार्यकालका लागि तय गर्नुभएका ४ मुख्य शब्द हुन् र यी लक्ष्यहरू चीनले संयुक्त राष्ट्रसंघसँग मिलेर प्रबर्द्धन गर्ने उहाँको आशा छ। 

चाइना मिडिया ग्रूपसँगको विशेष अन्तर्वार्तामा आधुनिकीकरणको बाटोमा चीनले संकलन गरेको अनुभवले अन्य विकासोन्मुख मुलुकका लागि प्रेरणा र सन्दर्भ प्रदान गर्न सक्ने उहाँले व्यक्त गर्नुभयो।

'चीनको पूर्वाधार उपलब्धिहरू, जस्तै भनौं सडकहरू, राजमार्गहरू, पानी आपूर्ति प्रणालीहरू, उच्च गतिको रेल यी सबै विकासको महत्त्वपूर्ण आधार शिलाहरू हुन्। सर्वविदित कुरा के हो भने पूर्वाधार निर्माणले विकासको नयाँ ठाउँ खोल्न सक्छ। दुर्गम क्षेत्रमा सडक निर्माण गर्नु भनेको बाहिर जाने स्थानीयहरूको पहुँच खोल्नु हो र मानिसहरूलाई बजारको नजिक लैजानु हो। त्यसपछि विभिन्न प्रकारका अवसरहरू यसको साथ आउँछन्, जसले मानिसहरूलाई थप सुविधा प्रदान गर्दछ। चीनले अग्र पूर्वाधार निर्माणमा ठूलो फड्को मारेको छ र बलियो पूर्वाधार सञ्जाल प्रणाली निर्माण गरेको छ। यसो गरेपछि दिगो विकासको प्रक्रियालाई अघि बढाएको छ। यो नै चीनले विकासोन्मुख देशहरू र विश्वका दक्षिणी मुलुकहरूसँग बाँड्न सक्ने आफ्ना धेरै सफल अनुभवहरू  हुन्।'