चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा युक्रेन संकटबारे चीनको दृष्टिकोण प्रस्तुत
2024-02-18 17:04:46cri
Share with:

स्थानीय समय अनुसार, फेब्रुअरी १७ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवं चीनका परराष्ट्र मन्त्री वाङ यीले म्युनिख सुरक्षा सम्मेलनमा भाग लिएर सम्मेलनको “चीनको विशेष सत्र”मा सम्बोधन गर्नुभएको छ।

सो सम्मेलनमा मन्त्री वाङ यीले भन्नुभयो, ‘चीन बुडापेस्ट स्मृति-पत्रको हस्ताक्षरकर्ता मुलुक नभएपनि सरकारी वत्तव्यद्वारा यसलाई मान्यता दिएको छ।’

चीनको आणविक नीति आणविक हतियार भएका देशहरूमध्ये सबैभन्दा स्पष्ट र सबैभन्दा उन्नत रहेको बताउँदै उहाँले त्यसमा चीनले पहिला आणविक हतियार प्रयोग नगर्ने बताउनुभयो। युक्रेन लगायत कुनै पनि गैर-आणविक देशहरूमा आणविक हतियार प्रयोग गर्न नहुने उहाँको भनाइ छ। युक्रेन संकट गहिरिएपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभएको छ कि आणविक हतियार प्रयोग गर्न सकिँदैन र आणविक युद्ध लड्न सकिँदैन। आणविक सामग्री र सुविधाहरूको सुरक्षाका लागि सबै पक्ष मिलेर काम गर्नुपर्छ भन्नेमा सीले जोड दिनुभएको छ। चीनले आफ्ना प्रतिबद्धता र अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गरेको छ।

चीन युक्रेन संकटको निर्माता होइन, न त यो कुनै पक्ष हो भन्दै मन्त्री वाङले थप्नुभयो, ‘तर चीनले सुरक्षित ठाउँबाट यी समस्यहरू हेरेको छैन। सो अवसरमा हित पनि देखेको छैन। राष्ट्राध्यक्ष सी चिन फिङले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तहरू पालना गर्नुपर्ने, सबै देशको उचित सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिनुपर्ने र शान्तिपूर्ण वातावरणका लागि सबै प्रयासहरू हुने कुरा औंल्याउनुभएको छ। संकट समाधानको शान्तिपूर्ण प्रयासलाई आड दिनुपर्छ। यो युक्रेन मुद्दामा चीनको यो नै आधिकारिक अडान हो।