चीन अशान्त संसारमा स्थिर शक्तिः चिनियाँ परराष्ट्र मन्त्री वाङ यी
2024-02-18 15:58:25CRI
Share with:

स्थानीय समयअनुसार फेब्रुअरी १७ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले म्युनिख सुरक्षा सम्मेलनमा भाग लिनुभयो। उहाँले “अशान्त संसारमा स्थिर शक्तिको दृढताका साथ बन्ने” शीर्षकमा सम्बोधन गर्नुभएको छ। उहाँले विभिन्न मुलुकले साझा विजयको उपाय खोज्नुपर्ने, एकताका साथै सहयोग गर्नुपर्ने, विश्वका लागि सुनिश्चितता थप्नुपर्ने, मानवका लागि सुन्दर भविष्यको सिर्जना गर्नुपर्ने कुरा बताउनुभएको छ। 

वाङ यीले सन् २०२३मा विश्व अशान्त भएको, मानवको सामु धेरै चुनौती देखापरेको, जिम्मेवार मुलुकको रुपमा चीन अशान्त संसारमा स्थिर शक्ति दृढताका साथ बनेको कुरा बताउनुभयो। 

पहिलो, चीन ठूला मुलुकहरूको सहयोगलाई अगाडि बढाउने स्थिर शक्ति बनेको छ। 

दोस्रो, चीन ताप-बिन्दु समस्याको सामना गर्ने स्थिर शक्ति बनेको छ। 

तेस्रो, चीन विश्वको शासनमा स्थिर शक्ति बनेको छ।