चिनियाँ परराष्ट्र मन्त्री तथा क्यानडाका विदेशमन्त्री बीच भेटवार्ता
2024-02-18 16:01:05CRI
Share with:

क्यानडाका विदेशमन्त्री जोलीको निमन्त्रणामा फेब्रुअरी १७ तारिख म्युनिख सुरक्षा सम्मेलनका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिटिकल ब्यूरोका सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले क्यानडाका विदेशमन्त्री जोलीसँग भेटवार्ता गर्नुभएको छ। 

भेटवार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले चीन र क्यानडाको अर्थतन्त्र अत्यन्तै परिपूरक रहेको र कुनै आधारभूत स्वार्थको द्वन्द्व नभएकोले दुवै पक्ष साझेदार बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। साथै वाङ यीले चीन-क्यानडा सम्बन्धलाई स्वस्थ र स्थिर मार्गमा फर्काउने विषयमा आफ्नो अडान स्पष्ट पार्दै भन्नुभयो, ‘क्यानडाले द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासको दृष्टिकोण लिएर व्यावहारिक सहयोगका लागि सकारात्मक अपेक्षा गर्ने आशा चीनले लिएको छ।’ 

चीन धम्की भन्ने विषयलाई बन्द गर्ने बताउँदै उहाँले तथाकथित क्यानडाको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको भन्ने  गलत सूचना फैलाउन बन्द गर्नुपर्ने बताउनुभयो। उहाँले एकअर्काको मूल हितलाई गम्भीरतापूर्वक सम्मान गर्ने र द्विपक्षीय सम्बन्धको राजनीतिक जगको संरक्षण गर्न ठोस कदम चाल्ने आशा पनि चीनले लिएको छ। 

सो अवसरमा क्यानडाका विदेश मन्त्री जोलीले क्यानडा चीनसँग आपसी विश्वास निर्माण गर्न, जलवायु परिवर्तन, जैविक विविधता, जनस्वास्थ्य लगायतका क्षेत्रमा सहकार्य गर्न र जनता–जनताबीचको आदानप्रदानलाई मजबुत बनाउन काम गर्न इच्छुक रहेको बताउनुभयो। क्यानडाले एक चीन नीतिमा निरन्तरता दिँदै जाने कुरा पनि उहाँले पुष्टि गर्नुभयो। 

यसका अतिरिक्त, दुवै पक्षले युक्रेन, गाजामा जारी द्वन्द्वबारे पनि वैचारिक आदानप्रदान गरेका छन्।