ड्रागन वर्षको वसन्त चाडमा पर्यटन लोकप्रिय
2024-02-18 19:48:30CRI
Share with:

सन् २०२४मा ड्रागन वर्षको वसन्त चाडको समयमा, चीनभरका मानिसहरू उत्सव मनाउन आफ्नो घरबाट बाहिर निस्केका छन् र पर्यटन बजार विशेष गरी तताइएको देखियो। चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार, सन् २०२४ को वसन्त चाडको बिदामा यात्रा गर्ने संख्या र कुल यात्रा खर्च लगायत थुप्रै सूचकांकहरूले नयाँ कीर्तिमानहरू सिर्जना गरेका छन्। घरेलु पर्यटन यात्रामा रहेकाहरूको संख्या ४७.४ करोड थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा ३४.३ प्रतिशतले वृद्धि भएको छ। पर्यटकहरूले गरेका कुल खर्चमा संलग्न रकम ६ खरब ३२ अरब ६८ करोड ७० लाख युआन भयो जुन गत वर्षको सोही अवधिको तुलनामा  ४७.३ प्रतिशतले वृद्धि भयो। चीनबाट विदेशको भ्रमणमा गएका र चीनमा आएका पर्यटकहरूको कूल संख्या करिब ६८.३ लाख पुग्यो तीमध्ये ३६ लाखले विदेशको भ्रमण गरेका छन् भने विदेशबाट चीनको भ्रमण गर्न आएका पर्यटकहरूको संख्या करिब ३२.२ लाख रहेको छ। ड्रागन वर्षको वसन्त चाड पर्यटनको इतिहासमा सबैभन्दा लोकप्रिय वसन्त चाड छुट्टी बन्ने अपेक्षा गरिएको छ।