ड्रागन वर्षको वसन्त चाडबाट चिनियाँ अर्थतन्त्रको “न्यानो तापक्रम”
2024-02-19 18:20:27cri
Share with:

यस ड्रागन वर्षको वसन्त चाडको अवधिमा वाह्य क्षेत्रले चिनियाँ अर्थतन्त्रले विश्वलाई न्यानो तापक्रमको प्रदान गरेको छ।

 

स्वदेशमा पर्यटन गरेका चिनियाँहरुको संख्या ४७ करोड ४० लाख पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३४.३ प्रतिशतले बृद्धि भएको छ। उनीहरुको कूल खर्च ६ खर्ब ३२ अर्ब ६८ करोड ७० लाख चिनियाँ युआन पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४७.३ प्रतिशतले बृद्धि भएको हो। चीनको वसन्त चाडको अवधिमा “निकै तातो” भएको उपभोग बजार ड्रागन वर्षको आर्थिक विकासका लागि एउटा राम्रो शुरुवात हो।

 

चालु वर्षको वसन्त चाड चीनमा कोभिड महामारीको प्रतिरोध तथा नियन्त्रणको कदम परिवर्तन भएपछि पहिलो सामान्य वसन्त चाड हो। नयाँ प्रविधिको सहायतामा डिजिटल तथा बुद्धिमान विशेषता भएको नयाँ ढाँचाको उपभोगले उपभोक्ताहरुको उत्साहलाई हौसला दिएको छ।

 

हिजोआज चीनको आर्थिक विकासका सामु चुनौति देखा परेतापनि भावी दीर्घकालीन अवधिसम्म सुधार हुने प्रवृति परिवर्तन भएको छैन। वसन्त चाड अवधिमा मनोरञ्जन उपभोग बजारदेखि उच्च गुणस्तरीय आर्थिक विकासलाई टेवा दिने कारकतत्व बढ्दै आएको वातावरणसम्म सन् २०२४ मा चीनको आर्थिक विकास निरन्तर रुपमा पुन:उत्थान हुने र त्यसले विश्वमा निरन्तर रुपमा “न्यानो प्रवाह” थप्ने छ।