सर्बियाका राष्ट्रपति भुचिच र चिनियाँ परराष्ट्र मन्त्री वाङ यी बीच भेटवार्ता
2024-02-19 09:46:59CRI
Share with:

फेब्रुअरी १७ तारिख, सर्बियाका राष्ट्रपति एलेक्जेन्दर भुचिचले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्यूरोका सदस्य तथा परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा परराष्ट्र मन्त्री वाङ यीले आपसी सम्बन्धबारे चर्चा गर्दै भन्नुभयोः चीनले चीन र सर्बिया बीचको बलियो मित्रता र पारस्परिक विश्वासमा महत्व दिन्छ र सर्बियासँग उच्चस्तरीय आदानप्रदानलाई सुदृढ पार्दै भविष्यको योजना बनाउने इच्छा लिएको छ। चीन-सर्बिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन र चीन-सर्बिया ऐक्यबद्धता तथा सहयोगको नयाँ अध्याय खोल्न चीन इच्छुक रहेको पनि परराष्ट्रमन्त्री वाङ यीले जनाउनुभयो।

सो अवसरमा सर्बियाली राष्ट्रपति भुचिचले सर्बियाको सम्मान गर्दै चीनले सर्बियाको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र भूभागको अखण्डताको  समर्थन गर्दै आएको तथा सर्बियाको सामाजिक विकासमा बहुमूल्य सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। साथै उहाँले सर्बिया चीनको भरपर्दो मित्रको रूपमा सदा रहने र सर्बिया र चीन बीचको सम्बन्धलाई संयुक्त रुपमा नयाँ उचाइमा पुर्याउने आशा पनि व्यक्त गर्नुभयो।