चीन सरकारको छात्रवृत्ति प्रचार-प्रसार कार्यक्रम सेसल्स विश्वविद्यालयमा आयोजित-१
2024-02-19 09:24:57CRI
Share with:

गत वर्षको डिसेम्बर ४ तारिख चीन सरकारको छात्रवृत्तिको प्रचार-प्रसार कार्यक्रम सेसल्स विश्वविद्यालयमा आयोजना गरिएको छ। चीनमा गरिएको अध्ययनबाट सेसल्सका युवा-युवतीहरुले आफूमा देखिएको परिवर्तनबारे जानकारी दिएका छन्, जसबाट अरु बढी स्थानीय युवा-युवतीहरुले चीनप्रति अरु बढी चासो राखेर चीनमा पढ्ने इच्छा देखाएका छन्। 

सेसल्सका लागि चिनियाँ राजदूताबास तथा सेसल्स विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्यूटले चीन सरकारको छात्रवृत्तिको प्रचार-प्रसार कार्यक्रमलाई संयुक्त रुपमा आयोजना गरेको हो। सेसल्स विश्वविद्यालय, सेसल्स पर्यटन इन्स्टिच्यूट तथा सेसल्स कला तथा डिजाइन इन्स्टिच्यूटका ५० भन्दा बढी शिक्षक तथा विद्यार्थीहरु सो कार्यक्रममा सहभागी भएका छन्। सेसल्सका लागि चिनियाँ राजदूताबासका अस्थायी कार्यवाहक दूत मु च्यान फङले यस कार्यक्रमलाई सम्बोधन गर्दै सेसल्सका धेरै विद्यार्थीहरु चीनमा पढेर सेसल्स फर्केपछि स्थानीय आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो। 

चीन सरकारको छात्रवृत्ति एक किसिमको सहयोग मात्र होइन, त्यो एउटा पूल हो, त्यसबाट स्थानीय युवा-युवतीहरु र चीन तथा चिनियाँहरु बीच आदान-प्रदान भएको छ। धेरै विद्यार्थीहरुले चीनमा अध्ययन गरेपछि धेरै ज्ञान सिकेका छन्। आज यस कार्यक्रममा सहभागी धेरै मानिसहरुले चीनमा अध्ययन गरेको मलाई थाहा छ। यिनीहरु सेसल्स फर्केपछि कोही इन्जिनियर बनेका छन् भने कोही सरकारी अधिकृत बनेका छन् र कोही कलाकार बनेका छन्।

सेसल्सका युवा फ्रान्सिस वुदकोकले चीनमा अध्ययन गरेका थिए। अहिले उनी सेसल्सको एउटा व्यापार कम्पनीका कर्मचारी हुन्। चीनको अध्ययन अनुभवबारे उनी भन्छन्,

एकचोटी मैले कन्फ्युसियसको जन्मथलो छ्वी फु घुमेको थिएँ, जसबाट चिनियाँ भाषा सिक्ने तरिकामा परिवर्तन भयो। छ्वी फु घुम्नुअघि मैले यो महान दार्शनिकको कथा सुनेको थिएँ, तथापि किन यति बढी चिनियाँहरुले उहाँलाई ठूलो सम्मान गरेको कुरा मैले बुझेको थिइन। तर छ्वी फुको एउटा सङ्ग्रहालयको अवलोकन गर्दा सङ्ग्रहालयको भित्तामा “विभिन्न विद्यार्थीको विशेषता बमोजिम विभिन्न तरिकाबाट सिकाउनुपर्छ” लेखेको मैले देखेँ, त्यसको छेउमा अंग्रेजी भाषामा व्याख्या गरिएको थियो, त्यसमा “कन्फ्युसियसले विभिन्न विद्यार्थीको विशेषता बमोजिम विभिन्न तरिकाबाट सिकाएका थिए, जसबाट उहाँका धेरै वरिष्ठ विद्यार्थीहरु थिए” लेखिएको थियो। त्यति खेर मैले धेरै कठिनाई भए तापनि आफूले सुहाउने तरिका पाएपछि जुनसुकै कुरा पनि सिक्न सकिन्छ भन्ने जाने। तपाईँहरुले चीनमा अध्ययन गर्ने मौका खोज्नुपर्छ। किनभने चीनमा सिकेको चिजले तपाईँलाई अझ मिहिनेती बनाउन सक्ने छ, तपाईँलाई एक सिर्जनात्मक व्यक्ति बनाउन सहयोग पुग्ने छ।