वसन्त चाडको छुट्टीमा चाइना इस्टन एयरलाइनसको सी ९१९ मानववाहक विमानद्वारा ९ हजार ६ सय ७० यात्रीलाई सेवा प्रदान
2024-02-19 18:21:11cri
Share with:

चालु वर्षको वसन्त चाडको विदा अवधि फेब्रअरी १० तारिखदेखि १७ तारिखसम्म चाइना इस्टन एयरलाइनसको सी ९१९ मानववाहक विमानले ६६ उडान गरी ९ हजार ६ सय ७० पर्यटकहरुलाई पारवहन सेवा प्रदान गरेको छ।

 

चालु वर्षको वसन्त चाडको पारवहन अवधिमा चाइना इस्टन एयरलाइनसका सम्पूर्ण चार वटा सी ९१९ मानववाहक विमानले पैचिङ-शाङहाई र शाङहाई-छङ तु उडानको जिम्मेवारी लिएका छन्। चीनबाट उत्पादित ठूलो ढाँचाका विमानले वसन्त चाडको पारवहनका लागि सेवा प्रदान गरेको यो पनि पहिलो पटक हो।