जर्मनी प्रधानमन्त्री स्कोल्जद्वारा चीनका परराष्ट्र मन्त्री वाङ यीसँग भेटवार्ता
2024-02-19 10:54:41CRI
Share with:

फेब्रअरी १७ तारिख, जर्मनीका चान्सलर ओलाफ स्कोल्जले म्यूनिख सुरक्षा सम्मेलनमा सहभागी हुनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ।

वाङ यीले सर्वप्रथम चिनियाँ नेताको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। म्युनिख सुरक्षा सम्मेलनको ६० औँ वार्षिकोत्सवको अवसरमा विश्वव्यापी प्रभाव रहेको अन्तर्राष्ट्रिय सुरक्षा नीति मञ्चका रूपमा बधाई व्यक्त गर्नुभएको छ। वाङ यीले भन्नुभयो, ‘हाल अन्तर्राष्ट्रिय अवस्था जटिल छ, ताता समस्याहरू एकपछि अर्को गरी थप्दैछन्, विश्वको आर्थिक पुनरुत्थान सुस्त छ।’ यसका साथै चीन एक जिम्मेवारी देश भएकोले जटिल परिवर्तनको विश्वमा दृढ्ताका साथ स्थिर शक्ति हुने पनि बताउनुभयो।

चीन एक जिम्मेवार देशको रूपमा अशान्त विश्वमा दृढतापूर्वक एक स्थिर शक्ति हुनेछ। जर्मनीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा थप महत्त्वपूर्ण भूमिका खेल्न हामी समर्थन गर्दछौँ। हामीले जर्मनीसँग संयुक्त रूपमा स्थिर विश्वकालागि एक अर्कालाई बुझ्न र समर्थन गर्न, पारस्परिक विश्वास र सहयोग बढाउने इच्छा छ, उहाँले भन्नुभयो।

स्कोल्जले वाङ यीलाई चिनियाँ नेताहरूलाई हार्दिक बधाई दिन आग्रह गर्दै जर्मनीले चालु वर्ष उच्चस्तरीय आदानप्रदानका लागि चिनियाँ पक्षसँग राम्रो तयारी गर्ने तथा थप व्यावहारिक र फलदायक नतिजाहरूको लागि प्रयास गर्ने बताउनुभयो। हाल कठिन अन्तर्राष्ट्रिय परिस्थितिमा जर्मनीले चीनसँग संयुक्त रूपमा शान्ति र स्थिर वातावरणकालागि सक्रिय भूमिका निर्वाह गर्न मिलेर काम गर्न तयार रहेको बताउनुभयो।

सोही दिन, वाङ यीले जर्मनीका परराष्ट्र मन्त्री बेयरबोक र बाभेरियाका गभर्नर सेडरसँग पनि भेटवार्ता गर्नुभएको छ।