६० औँ म्युनिख सुरक्षा सम्मेलन सम्पन्न
2024-02-19 15:10:13CRI
Share with:

६० औँ म्युनिख सुरक्षा सम्मेलन फेब्रुअरी १८ तारिख सम्पन्न भएको छ। तीन दिनसम्म चलेको सो सम्मेलनमा युक्रेन संकट र प्यालेस्टिनी-इजरायल द्वन्द्व लगायत विश्वव्यापी सुरक्षा मुद्दाहरूबारेमा छलफल गरिएको छ। सहभागीहरू बीच अझै पनि धेरै मुद्दाहरूमा ठूला मतभेदहरू रहेका छन् र विश्वव्यापी सुरक्षाको उज्ज्वल भविष्य देख्न गाह्रो देखिन्छ।

सो सम्मेलन बालकन, सुडान, साहेल लगायतका ठाउँहरूको सुरक्षा परिस्थिति तथा जलवायु परिवर्तन, महामारी र कृत्रिम बुद्धिमत्ता जस्ता विषयहरूमा पनि केन्द्रित भएको छ। धेरै सहभागीहरूले वर्तमान अन्तर्राष्ट्रिय परिपाटीको बारेमा पुनर्विचार गर्दै विभिन्न देशहरू, विशेष गरी विकासोन्मुख देशहरूले सामना गरिरहेका शान्ति, विकास र सुरक्षाका मुद्दाहरूलाई समाधान गर्ने निष्पक्ष र अधिक प्रभावकारी संयन्त्रहरूको स्थापना गर्न आह्वान गरेका छन्।

ट्रान्स एटलान्टिक साझेदारी सम्बन्धमा केन्द्रित रहेर सन् १९६३ मा म्युनिख सुरक्षा सम्मेलन स्थापना गरिएको हो। हालआएर म्युनिख सुरक्षा सम्मेलन नै अन्तर्राष्ट्रिय रणनीति र सुरक्षाको क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण वार्षिक मञ्चहरू मध्ये एकको रूपमा लिइन्छ।