चीनका सार्वजनिक सुरक्षामन्त्री तथा अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी बीच भेटवार्ता
2024-02-19 10:39:27CRI
Share with:

फेब्रुअरी १८ तारिख, चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ स्याउहोङले भियनामा अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्द्रो मेयरकाससँग भेटवार्ता गर्नुभएको छ। भेटमा दुवै पक्षले सान फ्रान्सिस्कोमा भएको शिखर सम्मेलनमा दुई देशका राष्ट्रनायकबीच प्राप्त सहमतिलाई व्यवहारमा उतार्ने विषयमा तथा लागुऔषधिविरूद्ध कानूनी कार्यान्वयन सहयोगलाई अगाडि बढाउने र एकअर्काका चासोका मुद्दाहरूबारेमा सदिच्छापूर्ण, गहन र रचनात्मक संवाद गरेका छन्।

सो अवसरमा चिनियाँ सार्वजनिक सुरक्षामन्त्री वाङ स्याउहोङले आग्रह गर्दै भन्नुभयोः चिनियाँ विद्यार्थीमाथि हुने आधारहिन उत्पीडन र सोधपुछलाई बन्द गर्दै चिनियाँ नागरिकले प्रवेश गर्दा उचित व्यवहार र पूर्ण सम्मानको सुनिश्चितता गर्ने, अमेरिकामा चिनियाँ कूटनीतिक र कन्सुलर संस्था तथा कर्मचारीहरूको सुरक्षालाई सुनिश्चित गर्न व्यावहारिक र प्रभावकारी कदम चाल्ने, सम्बन्धित चिनियाँ संस्था र कर्मचारीहरूको भिसा प्रतिबन्धलाई हटाउने तथा "प्रमुख लागुऔषधि स्रोत देश" को सूचीमा चीनलाई सूचीबद्ध गर्ने गलत अभ्यासलाई सच्याउने माग चीनले गरेको छ।

उक्त भेटवार्तामा दुवै पक्ष सहमत पनि भएका छन्। दुवै देशका राष्ट्रनायकबीच प्राप्त महत्वपूर्ण सहमतिको कार्यान्वयन गर्दै पारस्परिक सम्मानका आधारमा लागुऔषधि तथा कानून कार्यान्वयनका क्षेत्रमा हुने संवाद र सहयोगलाई कायम राख्ने, मतभेदको व्यवस्थापन गर्दै एक अर्काको चासोमा महत्व दिएर विद्यमान समस्याहरूको उचित समाधान गरी चीन-अमेरिका सम्बन्धको निरन्तर विकासमा योगदान पुर्याउने पुष्टि पनि गरिएको छ।