वसन्त पारवहनको अवधिमा चीनको राष्ट्रिय रेलमार्गमार्फत् तीस करोड यात्रु आवतजावत
2024-02-20 15:24:01cri
Share with:

चीनको राष्ट्रिय रेलमार्गका अनुसार फेब्रअरी १९ तारिख चीनभरिका रेलमार्गले १ करोड ४ लाख ४३ हजार यात्रु बोकेको छ। गत जनवरी २६ तारिख वसन्त पारवहन भएदेखि सम्पूर्ण राष्ट्रिय राजमार्गले जम्मा गरी तीस करोड यात्रुको ढुवानी गरेको छ। फेब्रअरी २० तारिख पनि रेलमार्गको यात्रु प्रवाह निरन्तर रुपमा उच्च स्तरमा सञ्चालित छ र १ करोड ३३ लाख यात्रुको आवतजावत हुने अनुमान छ।

राष्ट्रिय रेलमार्गअन्तर्गत सञ्चालन विभागको जिम्मेवार व्यक्तिका अनुसार वसन्त चाडपछि आफन्तलाई भेट्नजाने यात्रुहरू, पर्यटक, विद्यार्थी र कामकालागि बाहिर जानेहरु बढेकाले रेलमार्गको प्रवाह उच्च स्तरमा कायम रहेको छ। विभिन्न स्थलका रेलमार्ग विभागहरुले सञ्चित शक्ति विस्तार गर्दै सक्दोरूपमा अतिचिसो मौसमबाट ल्याइने प्रभावको प्रतिरोध गरिरहेका छन् र यात्रुहरुको चाहनालाई पूरा गरिरहेका छन्।