भूमि तत्वहरुले श्रेष्ठ क्षेत्रहरूमा उच्च गुणस्तरीय विकासको प्रत्याभूति क्षमतालाई मजबुत बनाउनुपर्ने चिनियाँ राष्ट्राध्यक्ष सीको जोड
2024-02-20 10:14:11cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष,केन्द्रीय समितिको सैनिक समितिका अध्यक्ष,केन्द्रीय समितिको चौतर्फी गहन सुधार समितिका प्रमुख सी चिनफिङले फेब्रअरी १९ तारिख केन्द्रीय समितिको चौतर्फी गहन सुधार समितिको चौथो बैठकको आयोजना गर्नुभएको छ। बैठकले《भूमि तत्वहरुको व्यवस्थापन प्रणालीको सुधारबाट श्रेष्ठ क्षेत्रको उच्च गुणस्तरीय विकासमा दिइने प्रत्याभूमि क्षमता सम्बन्धी सुझाव》पारित गरेको छ।

   राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार समष्टिगत नीति र क्षेत्रीय विकासलाई उच्च प्रभावकारी रुपमा जोड दिन भूमिगत व्यवस्थापन प्रणालीको स्थापना गर्नुपर्छ जसबाट भूमि तत्वहरुको सही विभाजन र उच्च प्रभावकारी प्रयोगलाई माथि उकास्नुका साथै राष्ट्रिय भूमिको विकासका लागि विकास प्रारुप सिर्जना गर्नसकिन्छ। साथै आर्थिक सामाजिक विकासको चौतर्फी रुपान्तरणको प्रवर्द्धन नै ऊर्जास्रोत वातावरण पर्यावर्णीय समस्याको समाधान गर्ने आधार नीति हो। त्यसैले ‘कार्बन शिखर’ र ‘कार्बन तटस्थ’ गरी“दुई कार्बन”कामलाई नेतृत्वको रुपमा लिँदै हरित विकास विचारधारणालाई पूर्ण क्रममा आर्थिक तथा सामाजिक विकासका विभिन्न क्षेत्रहरूसँग मिलाउनुपर्छ।