अन्तर्राष्ट्रिय समुदायले निरन्तर सोमालियालाई समर्थन गर्दै जान: चिनियाँ प्रतिनिधिको आह्वान
2024-02-20 17:09:58cri
Share with:

संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि चाङ च्युनले फेत्रब्रुअरी १९ तारिख सुरक्षा परिषद्ले सोमालिया समस्याको लेखाजोखा गर्ने क्रममा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समुदायले निरन्तर रूपमा सोमालियालाई समर्थन गर्दै जान आह्वान गर्नुभएको छ।

 

चाङ च्युनका अनुसार, चालु वर्ष सोमालियाको राजनीतिक प्रक्रिया, सुरक्षित सङ्क्रमण र देशको पुन:रूत्थानका लागि एकदमै महत्वपूर्ण वर्ष नै रहेको छ। पहिलो, सोमालियाको राजनीतिक स्थिरतालाई समर्थन गर्नुपर्छ। दोस्रो, सोमालियाको सुरक्षित सङ्क्रमणलाई समर्थन गर्नुपर्छ। तेस्रो, सोमालियाको आर्थिक र सामाजिक पुनरूत्थानलाई समर्थन गर्नुपर्छ।

 

सम्बद्ध मुलुकले संवार्तामार्फत आ-आफ्नो क्षेत्रीय मामिलालाई बन्दोबस्त मिलाउनुका साथै मैत्रीपूर्ण सहकार्यको आधारमा साझा विकासलाई साकार तुल्याउन सक्ने आशा पनि प्रतिनिधि चाङ च्युनले व्यक्त गर्नुभएको छ।