सङ्ग्रहालयमा वसन्त चाड
2024-02-20 17:09:29cri
Share with:

ड्रयागन वर्षको वसन्त चाड अवधिमा चीनको वल्लो शान सी प्रान्तीय सङ्ग्रहालय निकै रमाइलो देखिन्छ। त्यहाँका मनोरञ्जनात्मक र ज्ञानबर्द्धक प्रदर्शनीले अधिकांश पर्यटकलाई आकर्षित गरेको छ।

ड्रयागन वर्षको राशी सांस्कृतिक वस्तु प्रदर्शनीले ड्रयागनसँग सम्बन्धित रहेका १ सयभन्दा बढी कलात्मक वस्तुहरूलाई आगन्तुकहरूसमक्ष देखाएको छ।  

हाल चीनमा वसन्त चाड अवधिमा आमाबुवाले आफ्ना छोराछोरीलाई लिएर सङ्ग्रहालयको अवलोकन गर्नु नै वसन्त चाड बिताउने एक किसिमको नयाँ रीतिरिवाज बनिसकेको छ।