पाकिस्तानका मुख्य पार्टीहरुद्वारा संघीय सरकार गठन गर्ने घोषणा
2024-02-21 15:06:46cri
Share with:

केही दिनको परामर्शपछि पाकिस्तानका मुख्य पार्टी मुस्लिम लिग र जनता पार्टीले स्थानीय समय फेब्रअरी २० तारिख राति राजधानी इस्लामाबादमा संघीय सरकार गठन गर्ने सहमति गरेका छन्।

मुस्लिम लिगका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री शाहबाज शरिफ र जनता पार्टीका अध्यक्ष एवम् पूर्व परराष्ट्र मन्त्री बिलावल तोब जारदारीले सोही दिन राति संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। शाहबाजका अनुसार यी दुवै पार्टीहरुले जनता पार्टीका संघीय अध्यक्ष एवम् पूर्व राष्ट्रपति आसिफ अलि जरदारीलाई राष्ट्रपति पदको निर्वाचनकालागि स्वीकार गरेका छन्। बिलावलका अनुसार राष्ट्रलाई वर्तमान सङ्कटबाट मुक्त गर्न उक्त संघीय सरकारको गठन गरिनलागेको हो।