अन्तर्राष्ट्रिय समुदायले अटलतासाथ संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्दै जानका लागि चीनद्वारा आह्वान
2024-02-21 16:49:31cri
Share with:

अन्तर्राष्ट्रिय समुदायले अटलताका साथ संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्नुका साथै अन्तर्राष्ट्रिय मामिलामा संयुक्त राष्ट्र संघको केन्द्रीय भूमिका निर्वाह गर्दै जान संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि ताइ पिङले आह्वान गर्नुभएको छ। उहाँले फेब्रुअरी २० तारिख संयुक्त राष्ट्र संघ बडापत्र र संयुक्त राष्ट्र संघको भूमिकालाई सबल पारिने विशेष समितिको वार्षिक बैठक २०२४ को सामान्य बहसलाई सम्बोधन गर्दै उक्त आह्वान गर्नुभएको हो।

प्रतिनिधि ताइ पिङका अनुसार, चीनले सधैँ नै शान्तिपूर्ण तवरले अन्तर्राष्ट्रिय मतभेदको समाधान गर्ने आधारभूति सिद्धान्तलाई कायम राख्दै आएको छ। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्य मुलुकको हैसियतले चीनले सधैँ संवार्तामार्फत शान्तिपूर्ण तारिकाबाट विभिन्न मुलुक बीचको भिडन्तको समाधान गर्नुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय ध्यानाकर्षणका विषयहरूको समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्दै आएको छ।